ललितपुर (हाम्रो खेलकुद)– घरेलु फुटबलको महिलातर्फ नेपाल एपिएफ क्लबले सधै उच्च प्रदर्शन गर्दै आइरहेको छ । अझ भनौं भने एक छत्र राज गरेको छ भन्दा पनि फरक पर्दैन । महिला फुटबलमा एपिएफले नजितेको कुनै प्रतियोगिता नै छैन ।
जमुना गुरुङ, अनु लामा हुँदै सुरु भएको एपिएफको सफल यात्रामा अहिले नयाँ पुस्ताका आइपुग्दा थप मजबुद भइरहेको छ । विभागिय टोलीमा कान्छो रहेको एपिएफ महिला फुटबल भने सुरुवात बाटै मजबुद रहँदै आएको छ । टोलीका अधिकांश सदस्य अहिलेको महिला राष्ट्रिय टोली छन् ।
एपिएफका पछिल्ला हरेक सफलतामा एउटा नाम नियमित रुपमा जोडिएर आउने गर्दछ । ती हुन् सावित्रा भण्डारी । सावित्राको प्रदर्शन पनि त्यस्तै बेजोडको रहने गरेको छ । उनी यसपटको उप–राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल मंगलबा सम्पन्न हुँद सावित्रा सर्वोत्कृष्ट खेलाडी चुनिइनन् ।
नहुन पनि किन । एपिएफको हरेक जित लगभग उनकै वरिपरि घुमेको हुन्छ । लिगको अन्तिम तथा निर्णायक खेलमा उनकै भूमिका महत्वपूर्ण रह्यो । आर्मीलाई ३–१ ले हराउँदै एपिएफका लागि तीनै गोल उनले गरिन् । जसले गर्दा टोली लिग चाम्पियन बन्यो भने उनी सर्वोत्कृष्ट खेलाडी बन्दै २५ हजार रुपैयाँ प्राप्त गरिन् ।
यसपटकको लिगमा राष्ट्रिय टोलीकी पनि महत्वपूर्ण सदस्य सावित्राको त्यो तेस्रो ह्याट्रिक हो । तीन ह्याट्रिकसँगै सावित्राले लिगमा आफ्नो गोलसंख्या १२ पु¥याईन् । सावित्राले यसअघि रौतहटविरुद्ध ४ गोल र काठमाडौंविरुद्ध ५ गोल गरेकी थिइन् । पुलिसविरुद्धको खेलमा भने सावित्रा गोल गरिनन् ।
तेस्रो स्थान प्राप्त गरेको रौतहटकी रश्मीकुमारी घिसिङ उत्कृष्ट फरवार्ड, एपिएफकी एन्जिला तुम्बाफे सुब्बा उत्कृष्ट गोलकिपर , सोही क्लबकी रेनुका नगरकोटी उत्कृष्ट मिडफिल्ड, आर्मीकी पुनम जर्घामगर उत्कृष्ट रक्षक तथा एपिएफका जनक सिंह उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उत्कृष्टले जनही १० हजार रुपैयाँ प्राप्त गरे । तीन विभागीयसहित ५ टिमको सहभागिता रहेको लिग गत साउन ७ गतेबाट शुरु भएको थियो ।
लिगका उत्कृष्टहरु
सर्वाेत्कृष्ट खेलाडीः सावित्रा भण्डारी (एपिएफ)– २५ हजार
गोलरक्षकः एन्जिला थुम्बापो सुब्बा (एपिएफ)– १० हजार
डिफेन्डरः पुनम जर्घामगर (आर्मी) – १० हजार
मिडफिल्डरः रेनुका नगरकोटी (एपिएफ) – १० हजार
फरवार्डः रश्मी कुमारी घिसिङ (रौतहट)– १० हजार
प्रशिक्षकः जनक सिंक (एपिएफ) – १० हजार