default_image

6 years ago

August 6, 2018

फोडेन प्रिमियर लिगका लागि तयारः प्रशिक्षक गुआर्डिओला

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीका युवा मिडफिल्डर फिल फोडेन प्रिमियर लिगका लागि परिपक्व भएको प्रशिक्षक पेप गुआर्डिओलाले बताएका छन् । १८ बर्षीय फोडेनले आइतबार कम्युनिटी सिल्डमा चेल्सीविरूद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । सिटीले कम्युनिटी सिल्ड जित्दा फोडेनले महत्वपुर्ण भुमिका खेले । स्टोकपोर्टमा जन्मिएका मिडफिल्डर फोडेनले सिटीको पहिलो गोलका लागि स्ट्राइकर सर्जियो अगुएरोलाई पास मिलाएका थिए । […]

27 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीका युवा मिडफिल्डर फिल फोडेन प्रिमियर लिगका लागि परिपक्व भएको प्रशिक्षक पेप गुआर्डिओलाले बताएका छन् । १८ बर्षीय फोडेनले आइतबार कम्युनिटी सिल्डमा चेल्सीविरूद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए 

सिटीले कम्युनिटी सिल्ड जित्दा फोडेनले महत्वपुर्ण भुमिका खेले । स्टोकपोर्टमा जन्मिएका मिडफिल्डर फोडेनले सिटीको पहिलो गोलका लागि स्ट्राइकर सर्जियो अगुएरोलाई पास मिलाएका थिए । सिटीले कम्युनिटी सिल्डमा चेल्सीलाई २–० ले पराजित गरेको थियो । जसमा स्ट्राइकर अगुएरोले दुबै गोल गरेका थिए ।

‘फिल पछिल्लो सिजनमा तयार थिएनन् । तर, त्यो एक वर्ष बितेको छ र अब उनी परिपक्व भैसकेका छन् ’ प्रशिक्षक गार्डियोलले भने, ‘उनी हामीसँग पछिल्लो सिजनमा प्रशिक्षण लिइरहेका थिए र उनले सबै खलाडीसँग रोम्रो खेले ।’ आइतबारको खेलमा टोलीका मुख्य खेलाडी मिडफिल्डर केविन डे ब्रुएन र डेविड सिल्भा टोलीमा सहभागिता थिएनन् । फोडेनले आत्मविश्वास र रचनात्मक कौशलका कारण मौका पाएका थिए। अगुएरोले सिटीका लागि २०० गोल पुरा गर्न फिलले महत्वपुर्ण सहयोग गरे ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.