default_image

6 years ago

August 8, 2018

लिभरपुलको लिग जित्ने सम्भावना कस्तो?

लन्डन  (एजेन्सी) – योर्गेन क्लोपको टोली लिभरपुलले च्याम्पियन्स लिग फाइनलमा बेहोरेको हार समर्थकका लागि दुखदायक थियो भने अब त्यस हारलाई भुल्दै प्रिमियर लिगको यस संस्करणमा उपाधि जित्ने सुनौलो मौका रहेको छ ।नाबी केइटा र फाबिन्हो जस्ता खेलाडी टोलीमा भित्रिनु र मोहम्मद सलाहको सुरुवात देखि नै उपस्थिति रहनुले टोलीको लाइन अप अझ मजबुत बनाएको छ। लिभरपुल […]

30 views

0 Bookmark

लन्डन  (एजेन्सी) – योर्गेन क्लोपको टोली लिभरपुलले च्याम्पियन्स लिग फाइनलमा बेहोरेको हार समर्थकका लागि दुखदायक थियो भने अब त्यस हारलाई भुल्दै प्रिमियर लिगको यस संस्करणमा उपाधि जित्ने सुनौलो मौका रहेको छ ।नाबी केइटा र फाबिन्हो जस्ता खेलाडी टोलीमा भित्रिनु र मोहम्मद सलाहको सुरुवात देखि नै उपस्थिति रहनुले टोलीको लाइन अप अझ मजबुत बनाएको छ।

लिभरपुल फुटबल क्लब

पछिल्लो सिजन – चौथो स्थान

भित्रिएका मुख्या खेलाडीहरु : नाबी केइटा, फाबिन्हो, जेर्डान साकिरी, एलिसन बेक्कर, आईज्याक क्रिस्टी

बाहिरिएका मुख्य खेलाडीहरु : एम्रे च्यान, जोर्डन विलियम्स, जोन् फ्लानगन, ड्यानी वार्ड

मुख्य खेलाडी : मोहम्मद सलाह

टोलीमा गहिराई : लिभरपुलमा नयाँ आएका खेलाडीहरुले टोलीमा अझ गहिराई थपेका छन् । केइटा र फाबिन्हो सुरुवाती ११ मा स्थान बनाउने देखिएपनि मिडफिल्डमा जोर्डन हेन्डरसन , जेम्स मिल्नर जस्ता खेलाडीले बेन्चलाई अझ मझ्बुत गर्ने छन् । मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले खेल नगुमाउने निश्चित रहंदा जेर्डान साकिरीले समेत गेम चेन्जरको भूमिका निभाउन सकिने देखिन्छ ।

Keita

नाबी केईटा

भित्रि रक्षापंक्तिको सुक्ष्म बुझाइ : लिभरपुलको अन्य ठुला कल्ब बिरुद्धको डिफेन्स प्रदर्शन रार्मो रहेपनि अन्तिम सिजन घरेलु मैदानमा वेस्ट ब्रोम विरुद्धको बराबरी खेलले टोलीको डिफेन्स युनिटमा समस्या देखिएको थियो । यस सिजन भने सो समस्या समाधान गर्नमा केइटाको भूमिका महत्वपूर्ण रहन सक्छ । उनीमा रचनात्मक ढंगले ड्रीब्लिङ र पासिङ गर्ने क्षमता रहेको छ ।

डिफेन्स अर्डरमा ल्याउनु : लिभरपुलले अन्तिम सिजन म्यानचेस्टर सिटि बाहेक अन्य टोलीलाई सहजै पराजित गरेपनि ३८ गोल खाएको थियो । यसले गर्दापनि टोलीको डिफेन्समा समस्या रहेको प्रष्ट हुन जान्छ । भर्जिल भान डाइकको टोलीमा आगमनसँगै यो समस्याको समाधान हुने आशा गरिएको छ ।

salah liverpool

विश्लेषक फिल थोम्सन भविष्यवाणी : मलाई क्लोपले जे गर्न खोजिरहेका छन् त्यो एकदम ठिक लागेको छ । उनि अगाडीका ३ खेलाडीबाट गोल खोजिरहेका छन् । साकिरी र फाबिन्होको आगमनले त्यो क्षेत्र अझ मजबुत बनेको छ । लाल्लाना समेत टोलीमा फर्किएका छन् । यसले गर्दा लिभरपुल अझ सशक्त टोली बनेको छ । म लिभरपुलले ह्यारी मगाएर लिएको हेर्ने पक्षमा छु ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.