default_image

6 years ago

August 9, 2018

मार्सेलोलाई युभेन्टसमा आउन रोनाल्डोको आग्रह

टुरिन (एजेन्सी) –पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो पूर्व क्लब रियल मड्रिडका फुलब्याक मार्सेलोलाई युभेन्टस्मा आउनको लागि आग्रह गरेका छन् । अघिल्लो महिना १ सय मिलियन पाउन्डमा इटालियन क्लब युभेन्टस् पुगेका रोनाल्डोले युभेन्टसमा थप सफलताको लागि मार्सेलोलाई क्लबमा आउन आग्रह गरेको इटालियन पत्रिका टुटोस्पोर्टसले उल्लेख गरेको छ । लेफ्टब्याक मार्सेलो र सुपरस्टार रोनाल्डोबीचको सहकार्य रियलमा निक्कै […]

26 views

0 Bookmark

टुरिन (एजेन्सी) –पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो पूर्व क्लब रियल मड्रिडका फुलब्याक मार्सेलोलाई युभेन्टस्मा आउनको लागि आग्रह गरेका छन् ।

अघिल्लो महिना १ सय मिलियन पाउन्डमा इटालियन क्लब युभेन्टस् पुगेका रोनाल्डोले युभेन्टसमा थप सफलताको लागि मार्सेलोलाई क्लबमा आउन आग्रह गरेको इटालियन पत्रिका टुटोस्पोर्टसले उल्लेख गरेको छ ।

लेफ्टब्याक मार्सेलो र सुपरस्टार रोनाल्डोबीचको सहकार्य रियलमा निक्कै सफल भएको थियो । तर, मार्सेलोको युभेन्टस यात्रा भने असहज छ । किनभने युभेन्टससँग एलेक्स सान्ड्रोजस्ता खेलाडी छ । सान्ड्रोलाई पिएसजी पठाउन सके मार्सेलोको युभेन्टस् यात्रा सहज हुनेछ ।

रोनाल्डोले पुर्वसहयात्री मार्सेलोलाई मनाउन प्रयास गरिरहेको र युभेन्टसले चाहेको खन्डमा एलेक्स सान्ड्रोलाई बेचेर मार्सेलो भित्र्याउन सक्ने टुटोस्पोर्टस्ले दावी गरेको छ । सान्ड्रोको मुल्य ३६ मिलियन पाउन्ड तोकिएको छ । उनी पिएसजी जान इच्छुक रहेको छन् ।

मार्सेलो र रोनाल्डोले रियलमा ९ वर्ष सहकार्य गर्दा ४ ला लिगा, ४ च्याम्पियन्स लिग, ३ फिफा क्लब वल्डकप, ३ युइएफए सुपरकप र २ कोपा डेल रे जितेका छन्

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.