default_image

6 years ago

August 14, 2018

‘युनाइटेडले पोग्बालाई बार्सिलोना जान नदिने’

म्यानचेस्टर (एजेन्सी) – विश्वकप विजेता फ्रान्सका मुख्य मिडफिल्डर पल पोग्बा ट्रान्सफर विन्डोमा बार्सिलोना जाने चर्चा सेलाउन नपाउँदै म्यानचेस्टर युनाइटेडले उनलाई अन्यत्र जान नदिने क्लबका पूर्वखेलाडी वेस ब्राउनले बताएका छन् । बार्सिलोनाले ट्रान्सफर विन्डोको सुरुआतदेखि नै पोग्बालाई क्लबमा ल्याउने प्रयास गरेपनि युनाइटेडले विश्वकप विश्राममा रहेका खेलाडीलाई क्लबमै राख्ने बताएको थियो । पोग्बाले प्रिमियर लिगको पहिलो खेलमा […]

23 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – विश्वकप विजेता फ्रान्सका मुख्य मिडफिल्डर पल पोग्बा ट्रान्सफर विन्डोमा बार्सिलोना जाने चर्चा सेलाउन नपाउँदै म्यानचेस्टर युनाइटेडले उनलाई अन्यत्र जान नदिने क्लबका पूर्वखेलाडी वेस ब्राउनले बताएका छन् ।

बार्सिलोनाले ट्रान्सफर विन्डोको सुरुआतदेखि नै पोग्बालाई क्लबमा ल्याउने प्रयास गरेपनि युनाइटेडले विश्वकप विश्राममा रहेका खेलाडीलाई क्लबमै राख्ने बताएको थियो । पोग्बाले प्रिमियर लिगको पहिलो खेलमा युनाइटेडको कप्तानी सम्हाल्दै टोलीलाई जित दिलाउने क्रममा लिगको पहिलो गोल पनि गरे । प्रशिक्षक जोसे मोउरिन्होसँग खटपट भएको चर्चा चलेपनि क्लबले भने पोग्बालाई जान नदिने स्पष्ट पार्दै आएको छ ।

क्लबका पूर्वडिफेन्डर वेस ब्राउनले पनि पोग्बा म्यानचेस्टरमै रहने बताएका छन् । ‘ पोग्बा क्लबमै बस्नेछन् । उनले पहिलो खेलमा पनि राम्रो प्रदर्शन गरे । अब आउने खेलमा पनि सोहि प्रदर्शन जारी राख्ने विश्वास मैले लिएको छु । ‘

‘ उनलाई यो सिजन आक्रमणमा अझै धेरै स्वतान्त्रता दिनुपर्छ भन्ने मेरो तर्क छ । युनाइटेडले फ्रेडलाई क्लबमा ल्याउनु र नेमान्जा माटिच पनि टोलीमा फर्कनुले उनलाई थप सहयोग पुग्नेछ । फ्रेडले तुलनात्मक रुपमा रक्षात्मक रणनीति सम्हाल्ने हुनाले पोग्बलाई अगाडी बढ्न सघाउ हुनेछ ।’

पोग्बा युभेन्ट्सबाट कीर्तिमानी रकममा म्यानचेस्टर युनाइटेड आएका हुन् । आफ्नो युवा करिअर म्यानचेस्टर क्लबमै बिताएका उनलाई युनाइटेडको सर्वाधिक कमाउने खेलाडी बनाउने हल्ला पनि चलेको छ । मोउरिन्होले पोग्बालाई कप्तानको जिम्मेवारी दिएर उनको भूमिका अहम रहेको संकेत देखाईसकेका छन् ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.