default_image

6 years ago

August 14, 2018

पहिलो हाफ : जापान १-० नेपाल (एसियाड फुटबल)

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–२३ फुटबल टोली जाकार्ता र पालेङवाङ एसियाड अन्र्तगत पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा एसियाली पावर हाउस जापानसँग पहिलो हाफमा १–० ले पछि परेको छ । सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको खेलमा नेपाल जापानको यु–२१ टिमसँग १–० ले पछि परेको हो जापानका लागि मिटोमा काउरुले सातौ मिनेटमा गोल गर्दै टिमलाई अग्रता […]

19 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–२३ फुटबल टोली जाकार्ता र पालेङवाङ एसियाड अन्र्तगत पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा एसियाली पावर हाउस जापानसँग पहिलो हाफमा १–० ले पछि परेको छ ।

सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको खेलमा नेपाल जापानको यु–२१ टिमसँग १–० ले पछि परेको हो जापानका लागि मिटोमा काउरुले सातौ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
नेपालले बलियो जापानविरुद्धको खेलमा एकपटक मात्र पोस्ट आक्रमण बुनेको छ । जापानले भने नेपालको पोस्टमा सात आक्रमण बुन्दा एक गोल गर्न सफल भएको हो । नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले सम्भावित तीन प्रहारलाई बचाउदै जापानको अग्रतामा बाधक बनिरहेका छन् ।
यही समूह ‘डी’ मा भियतनामले पाकिस्तानलाई ३–० ले पराजित गरिसकेको छ ।
नेपाल र जापनबीचको खेलको दोस्रो हाफ केही बेरमा शुरु हुनेछ ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.