default_image

7 years ago

August 14, 2018

जापान १-० नेपाल : एसियाली खेलकुद [ फोटोफिचर ]

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियाड फुटबलको पहिलो खेलमा नेपाली यु–२३ फुटबल टोली एसियाली पावर हाउस जापानसँग पराजित भएको छ । नेपाली यु–२३ टिम जापानको यु–२३ टिमसँग १–० ले पराजित भएको हो ।

सिकाराङस्थित विबावा मुक्ति रंगशालामा आज भएको समूह ‘डी’ को पहिलो खेलमा नेपाल खेलको सातौ मिनेटमा नै पछि परेको थियो । जापानका लागि मिटोमा काउरुले सातौ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

अन्ततः त्यही गोल नै नेपालको हारमा निर्णायक बन्यो । खेललाई जापानले आफ्नो नियनत्रणमा राखेपनि त्यसपछि थप गोल गर्न सकेन । जापानी फरवार्डले नेपालको बलियो रक्षापङ्ति तोड्न सकेन । नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उक्त खेलको फोटो फिचर :

 

 

 

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.