7 years ago
August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाड फुटबल पहिलो खेलमा एसियाली पावर हाउस जापानसँग नेपाली यु–२३ फुटबल टोली १-० ले पराजित भयो। खेललाई जापानले आफ्नो नियनत्रणमा राखेपनि जापानी फरवार्डले नेपालको बलियो रक्षापङ्ति तोड्न भने सकेन।
खेलपछि हाम्रोखेलकुदसँग बोल्दै राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तिमगरले जापानसँगको नतिजाले नेपाललाई अन्य खेलहरुमा सहयोग गर्ने बताए। ‘आजको खेलमा सबैले मेहेनत गर्यौँ। एसियाली पावर हाउस जापानसँग खेल्दाको अनुभव राम्रो भयो। आजको नतिजाले अन्य खेलहरुमा राम्रो खेल्न प्रेरित गर्नेछ’, विमलले भने।
त्यस्तै खेलमा नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेका थिए । विमलले किरणको प्रदर्शनबारे बोल्दै भने, ‘किरण दाइको प्रदर्शन उत्कृष्ट रह्यो। कप्तानी भूमिकामा रहेको खेलाडीले राम्रो खेल्दा हामीलाई अझ हौसला मिल्यो।’
समुह ‘डी’ रहेको नेपालले दोस्रो खेलमा नेपालले भियतनामसँग १६ अगष्टमा खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले १९ अगस्टमा पाकिस्तानको सामना गर्नेछ ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]