default_image

6 years ago

August 15, 2018

युइएफएको उत्कृष्ट गोल उपाधिमा रोनाल्डोको दावेदारी

लुसी र एमब्लेटनसँग भिड्दै लन्डन (एजेन्सी) – पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोल युइएफए सिजनको उत्कृष्ट गोलमा मनोनित भएको छ । उनीसँगै इंग्लयान्डका फुटबलरद्वय लुसी ब्रोन्ज र इलिओट एमब्लेटनको गोल पनि मनोनित भएको छ । गत सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पूर्व रियल मड्रिड खेलाडी रोनाल्डोले आफ्नो टाउकाने माथिको बललाई खुट्टाले प्रहार गर्दै गोल गरेका थिए […]

20 views

0 Bookmark

लुसी र एमब्लेटनसँग भिड्दै
लन्डन (एजेन्सी) – पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोल युइएफए सिजनको उत्कृष्ट गोलमा मनोनित भएको छ । उनीसँगै इंग्लयान्डका फुटबलरद्वय लुसी ब्रोन्ज र इलिओट एमब्लेटनको गोल पनि मनोनित भएको छ ।

गत सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पूर्व रियल मड्रिड खेलाडी रोनाल्डोले आफ्नो टाउकाने माथिको बललाई खुट्टाले प्रहार गर्दै गोल गरेका थिए । जहाँ रोनाल्डोले अहिलेको आफ्नो नयाँ क्लब युभेन्ट्सविरुद्ध उक्त गोल गरेका थिए । रोनाल्डोको सोहि गोल युइएफए सिजनको उत्कृष्ट गोलमा मनोनित भएको छ ।

त्यस्तै लुसीले म्यान्चेस्टर सिटीविरुद्ध भएको खेलमा लियोनका लागि भलि प्रहार गरेकी थिइन् । एमब्लेटनले युरोपेली यू–१९ च्याम्पियनसिपमा टर्कीविरुद्ध समूह चरणमा उत्कृष्ट गोल गरे । पछिल्लो १२ महिनामा युइएफए प्रतियोगिताको ११ गोलबाट छनोट भएका हुन् । जहाँ एक गोल टोटनह्याम तथा डेनमार्कका प्लेमेकर क्रिस्टियन एरिक्सनले विश्वपकपको प्ले–अफमा आयरल्यान्डविरुद्ध गरेको गोल पनि समावेश थियो ।

रोनाल्डोको गोल च्याम्पियन्स लिगको फाइनलमा भएको लिभरपुलसँगको खेलमा रियल फरवार्ड ग्यारेथ बेलको शानदार ओभरहेड गोल भन्दा अगाडी रहेर छनोट भएको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.