default_image

6 years ago

August 15, 2018

म्यान्चेस्टरले युनाइटेडले डे हेयासँग नयाँ सम्झौता गर्ने

म्यानचेस्टर (एजेन्सी) – म्यान्चेस्टर युनाइटेडले आफ्ना गोलकिपर डेविड डे हेयासँग नयाँ सम्झौता गर्ने भएको छ । युनाइटेडसँगको नयाँ सम्झौतामा पत्रमा गोलकिपर डेविडले हस्ताक्षर गर्ने क्लब विश्वस्त रहेका बताइएको छ । स्पेनको राष्ट्रिय टोलीबाट खेल्दै आएका २७ बर्षीय डेभिडको युनाइटेडसँगको सम्झौता २०१९ मा सकिदै छ । उनलाई युनाइटेडसँग अन्य सिजनका लागि समेत सम्झौता लम्ब्याउन सक्ने मौका […]

32 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – म्यान्चेस्टर युनाइटेडले आफ्ना गोलकिपर डेविड डे हेयासँग नयाँ सम्झौता गर्ने भएको छ । युनाइटेडसँगको नयाँ सम्झौतामा पत्रमा गोलकिपर डेविडले हस्ताक्षर गर्ने क्लब विश्वस्त रहेका बताइएको छ ।

स्पेनको राष्ट्रिय टोलीबाट खेल्दै आएका २७ बर्षीय डेभिडको युनाइटेडसँगको सम्झौता २०१९ मा सकिदै छ । उनलाई युनाइटेडसँग अन्य सिजनका लागि समेत सम्झौता लम्ब्याउन सक्ने मौका रहेको छ । गत सिजन रियल मड्रिड डेविडलाई भित्र्याउन उसका प्रतिनिधिसँग वार्ता गर्न उत्साहित थियो । सन् २०१५ देखी रियल उनलाई अनुबन्ध गर्न चाहेको खुल्दै आएको थियो । तर, रियलले ३५ मिलियन पाउण्डमा चेल्सीबाट थिवाउट कोउर्टोसलाई भित्र्यायो ।
उनी सन् २०११ मा एटलेटिको मड्रिडबाट १८.९ मिलियन पाउण्डमा युनाइटेड भित्रिएका थिए । उनलाई सर एलेक्स फर्गुसनले अदभुत क्षमता भएको खेलाडीको उपमा दिएका थिए । प्रिमियर लिगमा युनाइटेडलाई उपविजेता बनाउँदै आफ्नो प्रभावकारी प्रदर्शनका साथ उनी व्यावसायिक फुटबलरहरुको टिमको वर्ष खेलाडीमा समेत परेका थिए ।

विश्वकप २०१८ मा उनले राम्रो प्रदर्शन गर्न सकेनन् र आलोचनाका सिकार बन्न पुगे । जहाँ स्पेनकोे पहिलो खेलमा रोनाल्डोले तीन गोल गर्दै खेल ३–३ को बराबरी गरेका थिए ।  उनले यस सिजनको प्रिमियर लिगमा आफ्नो पहिलो खेलमा लेस्टर सिटी विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै युनाइटेडलाई २–१ ले जित दिलाउन सफल भएका छन् ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.