default_image

6 years ago

August 15, 2018

रियाल म्याड्रिडमा मोड्रीचको भविष्य कस्तो ?

म्याड्रिड (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले ११२ मिलियन युरोमा रियल म्याड्रिड छाडेर युभेन्ट्स गएसँगै धेरै समर्थक आश्चर्यचकित बनेका थिए। तर रियलमा उनको बढ्दो असन्तुष्टिका कारण रोनाल्डोको युभेन्ट्स जानु अपेक्षाकृत थियो । लुका मोड्रीचमा बिषयमा भने सो कुरा लागु नहुन सक्छ । इन्टर मिलानले मोड्रीचलाई अनुबन्धन गर्ने प्रयास गरिरहेको छ । यसैबीच मोड्रीच स्वयंले समेत सिरी एमा […]

22 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले ११२ मिलियन युरोमा रियल म्याड्रिड छाडेर युभेन्ट्स गएसँगै धेरै समर्थक आश्चर्यचकित बनेका थिए। तर रियलमा उनको बढ्दो असन्तुष्टिका कारण रोनाल्डोको युभेन्ट्स जानु अपेक्षाकृत थियो ।

लुका मोड्रीचमा बिषयमा भने सो कुरा लागु नहुन सक्छ । इन्टर मिलानले मोड्रीचलाई अनुबन्धन गर्ने प्रयास गरिरहेको छ । यसैबीच मोड्रीच स्वयंले समेत सिरी एमा जाने इच्छा देखाएको खबर बाहिरिएको छ । फ्लोरेन्टिनो पेरेजले भने मोड्रीचलाई खरिद गर्न  ७५० मिलियन युरो तिर्नु पर्ने जनाएका छन्। यो रकम धेरैका लागि सोच्नै नसक्ने हुनसक्छ । मोड्रीचले म्याड्रिडबाट ३ लगातार च्याम्पियन्स लिग जितेका छन् भने रुसमा सम्पन्न विश्वकपको सर्वोत्कृष्ट खेलाडी समेत बनेका थिए ।

सन् २०१२ मा टोटनह्यामबाट म्याड्रिड आएका मोड्रीचले बितेको ६ बर्षमा १४ मुख्य उपाधि जितेका छन्। यध्यपी आश्चर्यजनक तथ्य के छ भने ला-लिगामा रियल म्याड्रिडले मोड्रीच बिना उत्कृष्ट प्रदर्शन गरेको छ । मोड्रीच टोलीमा हुँदा खेलेका १६६ खेलमा रियलले ११५ पटक ३ अंक लिन सफल बनेको छ। मोड्रीच हुँदा रियलले औसतमा ६९ % खेल जितेको तथ्य छ। तर मोड्रीच नहुँदा भने रियलले ६२ मध्ये ४७ खेल जितेको छ जुन ७६ % औसत समेत हो। मोड्रीच संग रियलले औसतमा प्रति खेल २.२ अंक जितेको छ भने उनी नहुँदा औसतमा प्रति खेल २.४ अंक जित्न सफल बनेको छ।

मोड्रीच लोपेटेगुईको रणनीतिमा नमिल्न सक्छन :

गत सिजनको च्याम्पियन्स लिग जितेसंगै प्रशिक्षक जिनेदिन जिदानेले रियल छाड्ने निर्णय गर्दा धेरैले रियल म्याड्रिडलाई नयाँ टोलीमा परिणत गर्नु पर्ने समय आएकाले उनले टोलि छाडेको धारणा राखेका थिए। र अब आएर रियलको टोलीलाई नयाँ रुप दिने जिम्मा प्रशिक्षक लोपेटेगुईको काँधमा आएको छ।

जिदानेको प्रशिक्षणमा बल आफ्नो हाफमा राख्नको सट्टा छिटो अट्याक बनाउने रणनीति देखिन्थ्यो भने लोपेटेगुईभने बल आफ्नो पोजेसनमा राख्ने कुरामा बिश्वास गर्द्छन्। रियलको टोलीमा बल होल्ड गर्ने मिडफिल्डर मोड्रीच भन्दा अरु धेरै रहेका छन् । ४-२-३-१ को फर्मेसनमा टोनी क्रुस र कसिमिरोलाई दुईतिर खेलाउन रुचाईन्छ। इस्को, एसेन्सियो र बेललाई अट्याकको जिम्मा दिंदा टोलीको सुरुवाती ११ मा मोड्रीचले स्थान नपाउन सक्छन्।

मोड्रीच र ड्यानिलो

मोड्रीचले आफ्नो भविष्य सोच्नु पर्ने हुन सक्छ :

कुनै खेलाडीको ट्रान्सफर हुन लाग्दा उसको रकम महत्वपूर्ण हुन्छ। र आफ्नो करियरको अन्तिम छेउमा रहेको कुनैपनि खेलाडीले आफ्नो मूल्य बढाउने यो राम्रो मौका हुन्छ । रियलको टोलीमा मोड्रीचको ठाउँ लिने नयाँ प्रतिभा समेत तयार छन्। लोनमा चेल्सी गएका मटियो कोभासिच रियल फर्केपछि मोड्रीचको स्थान लिने एक सम्भाव्य खेलाडी हुन्। डेनी सेबल्लोस समेत आफ्नो मौका कुरेर बसेका छन्।

म्याड्रिडले नयाँ खेलाडी लिने हो भने सेमत समय उपयुक्त रहेको छ। बायर्न म्युनिखका थिएगो अल्कनटराको नाम म्याड्रिडसंग जोडिएर आउन थालेको छ। त्यस बाहेक समेत मोड्रीचलाई टोलीबाट हटाउने हो भने टोलीमा नेईमार, एम्बाप्पे र हजार्डको लागि स्थान बन्न सक्छ।

यद्यपि रियलले यी खेलाडीलाई बोलि लगाउन भने २०१९ सम्म कुर्नुपर्ने छ। यस बर्षको बेलन डी’ओरका प्रवल दावेदार रहेका मोड्रीचलाई हटाएर अन्य कुनै खेलाडी लिन भने टोलीलाई सजिलो हुने छैन।

luka modric

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.