7 years ago
August 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुदको फुटबलमा मंगलबार नेपाल जापानसँग १-० ले पराजित भयो । प्रतियोगिताको पहिलो खेलमा शक्तिशाली जापानविरुद्ध रक्षात्मक रुपमा उत्कृष्ट प्रदर्शन गर्दा कप्तान चेम्जोङले निर्णायक भूमिका खेले ।

स्वर्ण पदकको दावेदार मानिएको जापानको दर्जनौं प्रहार उनले विफल बनाएका थिए । सिनियर खेलाडीको रुपमा तीन जना समावेश गर्न पाउने प्रावधान अनुसार किरणसँगै विशाल राई र रोहित चन्द पनि टोलीमा रहेका छन् । दुवै खेलाडीले मिडफिल्डमा अपेक्षाकृत प्रदर्शन गरे ।
कप्तान किरणले जापान जस्तो एसियाकै उत्कृष्ट टोलीविरुद्ध सबैको मिहिनेतले नतिजा अाएको बताए । ‘ खेल निकै कठीन थियो । जापान एसियाको पावरहाउस नै हो । तर हामी सबैले मिहिनेत गर्यौं,’ उनले भने, ‘ खेलको सुरुवाती मिनेटमा गोल खाएपनि हामी हतास भएनौं । धैर्य राख्दै अाफ्नो योजनाअनुसार खेल्न सफल भयौं ।’ उनले यस अनुभवले अन्य खेलमा सघाउ पुग्ने बताए ।
नेपालले बिहीबार दोस्रो खेलमा भिएतनामसँग खेल्नेछ । तेस्रो तथा समूहको अन्तिम खेल अाइतबार पाकिस्तानसँग हुनेछ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]