7 years ago
August 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एसियाली खेलकुदअन्तर्गतको फुटबलमा जापानविरुद्ध १-० ले पराजित भएको नेपाली यू-२३ टोलीलाई १ सय डलर बोनस दिने घोषणा गरेका छन् ।

मंगलबार भएको खेलमा नेपालले प्रतियोगिताको दावेदार मानिएको जापानविरुद्ध उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गरेको थियो । कप्तान एवं गोलरक्षक किरण चेम्जोङले खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । बुधबार चितवनमा जारी १७ औं विशेष साधारणसभाको उद्घाटन सत्रमा अध्यक्ष शेर्पाले टोलीको हौसला बढाउन आफूले बोनस रकम घोषणा गरेको बताएका छन् । उनले प्रतियोगिताका अन्य खेलमा पनि बोनस रकम राखेको जानकारी दिए ।
‘मैले टोली इन्डोनेसिया जानुअघि बोनस घोषणा गरेको थिएँ । जापानसँग ३-० अन्तरले पराजित भएमा १ सय डलर दिने भनेको थिएँ । खेलाडीहरुले राम्रो खेले र १-० को नतिजामा रोक्न सफल रहे । उनीहरुले अब वाचाअनुरुप बोनस प्राप्त गर्नेछन्,’ शेर्पाले भने, ‘ अब भिएतनामसँग जित हात पारे १ सय ५० र पाकिस्तानलाई हराए १ सय डलर पाउनेछन् ।’
नेपालले प्रतियोगिताको समूह ‘डी’ अन्तर्गत बिहिबार भिएतनामको सामना गर्नेछ । समूहको अन्तिम खेलमा नेपालले पाकिस्तानसँग भिड्नेछ । अर्को चरणमा पुग्न नेपाललाई समूहको शीर्ष २ स्थान अथवा ६ समूहमध्य चार उत्कृष्ट तेस्रो स्थानको टोलीमा पर्नुपर्ने छ ।
यो पनि पढ्नुहोस:
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]