default_image

6 years ago

August 16, 2018

एटलेटिको ४-२ रियल : युईएफए सुपर कप (फोटो फिचर)

इस्टोनिया (एजेन्सी) – डिएगो कोस्टाले दुई गोल गरेपछि एटलेटिको म्याड्रिडले युईएफए सुपर कपमा रियल म्याड्रिडलाई ४-२ ले पराजित गरेको छ । निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा एटलेटिकोले २ गोल थपेको थियो । खेल सुरु भएको ४९ सेकेन्डमै गोल गर्दै कोस्टाले एटलेटिकोलाई अग्रता दिलाएका थिए । तर करीम बेन्जेमाले २७ औं […]

33 views

0 Bookmark

इस्टोनिया (एजेन्सी) – डिएगो कोस्टाले दुई गोल गरेपछि एटलेटिको म्याड्रिडले युईएफए सुपर कपमा रियल म्याड्रिडलाई ४-२ ले पराजित गरेको छ । निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा एटलेटिकोले २ गोल थपेको थियो ।

खेल सुरु भएको ४९ सेकेन्डमै गोल गर्दै कोस्टाले एटलेटिकोलाई अग्रता दिलाएका थिए । तर करीम बेन्जेमाले २७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । उनले ग्यारेथ बेलको पासको सदुपयोग गर्दै फिनिसिङमा कुनै गल्ति गरेनन् ।

दोस्रो हाफको मध्येतिर रियलले पेनाल्टीको अवसर प्राप्त गर्यो । एटलेटिकोका डिफेन्डर जानफ्रानले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । कप्तान सर्जियो रामोसले पेनाल्टीमा सहजै गोल गरे । खेल सकिन ११ मिनेट बाँकी छँदा कोस्टाले खेल पुन: बराबरीमा ल्याए ।

अतिरिक्त समयमा एटलेटिकोले दुई गोल गर्दै सिजनको पहिलो उपाधि जित्यो । साउल निगुएजले ९९ औं तथा त्यसको पाँच मिनेटपछि कोकेले गोल गर्दै रियललाई सिजनको पहिलो खेलमा पराजित गरे । क्रिस्टियानो रोनाल्डोको प्रस्थानसँगै आक्रमणमा केहि कमी भएपनि रियलले बेल, बेन्जेमा, इस्को लगायतका खेलाडीले त्यसको परिपूर्ति गर्ने अपेक्षा राखेको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.