default_image

7 years ago

August 20, 2018

एसियाड फुटबल – कतारलाई हराउँदै बंगलादेश नकआउटमा

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – समूह चरणको अन्तिम खेलमा कतारलाई पराजित गर्दै बंगलादेश १८औं एसियाली खेलकुदको पुरुष फुटबलको नकआउट चरण प्रवेश गरेको। छ। समूहको पहिलो खेलमा उजबेकिस्तानसँग ३-० ले पराजित बंगलादेशले दोस्रो खेलमा थाईल्याण्डलाई १-१ को बराबरीमा रोकेको थियो। 

Bangladesh

आइतबार पकन्सरी रंगशाला सम्पन्न समूह ‘बी’ अन्तर्गत आफ्नो तेस्रो खेलमा कतारविरुद्ध १-० को जित निकाल्दै बंगलादेश अन्तिम १६मा स्थान बनाउन सफल भएको हो। खेलको इन्जुरीसमयमा जमल भुइयानले निर्णायक गोल गर्दै बंगलादेशलाई अर्को चरणमा पुर्याउन मद्दत गरे। कतार भने समूहको पुछारमा रहँदै बाहिरिएको छ।

नेपालले भने समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग पराजय भोगेपछि समूहको पुछारमा प्रतियोगिता अन्त्य गर्यो। समूह चरणको सुरुवाती दुई खेलमा नेपाल जापानसँग १–० र भियतनामसँग २–० ले पराजित भएको थियो ।

 

 

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.