default_image

6 years ago

September 25, 2018

मार्टा र पेड्रोसलाई महिलातर्फ उपाधि

43 views

0 Bookmark

एजेन्सी – फिफा द बेस्ट अवार्ड अन्तर्गत ब्राजिलियन खेलाडी मार्टाले उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् । फ्रान्सेली टोली लियोनका पेड्रोसले प्रशिक्षकको उपाधि हात पारे ।

मार्टाले जितिन् महिला उत्कृष्ट खेलाडीको उपाधि

ब्राजिलियन राष्ट्रिय टोली तथा ओर्लान्डो प्राइडकी खेलाडी मार्टाले उत्कृष्ट महिला खेलाडीको उपाधि जितिन् । उनले यसक्रममा लियोनबाट खेल्दै आएका अद हेगरबर्ग र जेनिफर मारोज्सालाई पछि पारिन् ।मार्टाले महिला कोपा अमेरिका उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।

पेड्रोसलाई द बेस्ट महिला प्रशिक्षक

फ्रान्सेली क्लब लियोनका रेनाल्ड पेड्रोसले उत्कृष्ट महिला प्रशिक्षकको उपाधि जितेका छन् । उनले आफ्नो टोलीलाई घरेलु लिगका साथै च्याम्पियन्स लिग उपाधि दिलाएका थिए । उनले यसक्रममा एसियन कप जितेकी जापानी प्रशिक्षक आसाको ताकाकुरा र नेदरल्यान्ड्सकी सरिना विएगमानको चुनौती परास्त गरेका थिए ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.