default_image

6 years ago

October 3, 2018

केभिन डे ब्रुएन प्रशिक्षणमा फर्किए

इंग्ल्यान्ड (एजेनसी)– म्यानचेस्टर सिटी तथा बेल्जियम राष्ट्रिय टोलीका मिडफिल्डर केभिन डे ब्रुएन प्रशिक्षणमा फर्किएका छन्  । उनी घुँडाको चोटका कारण मैदान बाहिर रहेका थिए । प्रारम्भिक परिक्षण अनुसार मिडफिल्डर ब्रुएन तीन महिना मैदान बाहिर रहन सक्ने अनुमान गरिएको थियो । ६ साताअघि उनको दाँया खुट्टको घुँडाको लिगामेन्टमा चोट लागेको थियो । २७ वर्षीय ब्रुएनले चोटका […]

43 views

0 Bookmark

इंग्ल्यान्ड (एजेनसी)– म्यानचेस्टर सिटी तथा बेल्जियम राष्ट्रिय टोलीका मिडफिल्डर केभिन डे ब्रुएन प्रशिक्षणमा फर्किएका छन्  । उनी घुँडाको चोटका कारण मैदान बाहिर रहेका थिए ।

प्रारम्भिक परिक्षण अनुसार मिडफिल्डर ब्रुएन तीन महिना मैदान बाहिर रहन सक्ने अनुमान गरिएको थियो । ६ साताअघि उनको दाँया खुट्टको घुँडाको लिगामेन्टमा चोट लागेको थियो । २७ वर्षीय ब्रुएनले चोटका लागि कुनै चिकित्सा शल्यक्रिया भने नलिएको खुलासा भएको छ ।  सिटीले आइतबार प्रिमियर लिगमा लिभरपुलको सामना गर्दै छ । उक्त खेलमा डे ब्रुएन टोलीमा फर्कने अपेक्षा गरिएको छ ।

सोमबार भएको प्रि–म्याच कन्फ्रेन्समा कप्तान भिन्सेन्ट कम्पनिले ब्रुएन सर्वश्रेष्ठ खेलाडी मध्य एक भएको बताएका थिए । बेल्जियमका डिफेन्डर भिन्सेन्टले भने, ‘यो मापन गर्न गाह्रो छ की उनीविना कति नोक्सान भएको छ भनेर । उनी राम्रा मिडफिल्डर हुन् । उनको उपस्थितिले हामीलाई धेरै सहयोग पुग्नेछ, ’ उनले थपे, ‘उनको खेल्ने शैली र प्रभाव निकै ठुलो छ । यद्यपी हामीसँग उनको कमी महसुस हुन नदिन पर्याप्त खेलाडी छन् ।’

सिजनको पहिलो खेलमा आर्सनलविरुद्ध उनी सब्सिच्युटका रुपमा रहेका थिए । उनले २०१७–१८ को सिजनमा सिटीका लागि सबैखाले खेलमा १२ गोल र २१ असिस्ट गरेका थिए । सिटीले गत सिजनको प्रिमियर लिग र इएफएल कप जितेको थियो । रुस विश्वकपमा उनले बेल्जियमलाई तेस्रो स्थान पुर्याउन महत्त्वपूर्ण भुमिका खेलेका थिए । जसले प्रतियोगितामा देशका लागि बसैभन्दो राम्रो प्रदर्शन गरेका थिए ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.