default_image

6 years ago

October 4, 2018

अन्तिम मिनेटमा नेपोलीले लिभरपुललाई हरायो

नेपल्स (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग इटालियन क्लब अन्तर्गत बुधबार राती नेपोलीले घरेलु मैदानमा लिभरपुललाई पराजित गरेको छ । नेपोलीको जितमा लोरेन्जो इन्सिनेले अन्तिम मिनेटमा गोल गरेका थिए । हारपछि लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले टोली आफ्नै गल्तीका कारण पराजय भोग्न बाध्य भएको बताए । दोस्रो हाफमा पूर्ण दबाब कायम गरेको नेपालीका लागि मिडफिल्डर ड्रीज मर्टेन्सको […]

25 views

0 Bookmark

नेपल्स (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग इटालियन क्लब अन्तर्गत बुधबार राती नेपोलीले घरेलु मैदानमा लिभरपुललाई पराजित गरेको छ । नेपोलीको जितमा लोरेन्जो इन्सिनेले अन्तिम मिनेटमा गोल गरेका थिए ।

हारपछि लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले टोली आफ्नै गल्तीका कारण पराजय भोग्न बाध्य भएको बताए । दोस्रो हाफमा पूर्ण दबाब कायम गरेको नेपालीका लागि मिडफिल्डर ड्रीज मर्टेन्सको प्रहार क्रसबारमा लागेर फर्केको थियो । फाबियन रुइज र अर्काडिउस्ज मिलिकको प्रहार पनि लिभरपुल गोलरक्षक एलिसन बेकरले विफल तुल्याएका थिए ।

‘हामी आफ्नै गल्तीले पराजित भयौं । अधिकांश समय खेलाडीहरुले अथक मिहिनेत गरे । उनीहरुले आफ्नो सक्दो प्रयास गरेका हुन्,’ उनले भने, ‘ तर खेल दौरान कुनै समय उचित निर्णय लिन नसक्दा नतिजा हाम्रो पक्षमा आएन । फुटबलमा निर्णय उचित नहुँदा नतिजा यस्तै हुन्छ ।’ लिभरपुलले पनि गोल गर्ने अवसर पाएको थियो । तर साडियो माने, मोहमद सलाहलगायतले पाएको मौकाको सदुपयोग गर्न नसक्दा अन्तिम मिनेटको गोलसँगै खालि हात फर्कनुपर्यो ।

लिभरपुलले खेल अवधिभर नेपोलीको पोस्टमा एउटा पनि प्रहार गर्न सकेन । पछिल्लोपटक बेन्फिकाविरुद्ध सन् २००६ फेब्रुअरीमा पनि लिभरपुल १-० ले हार्दा पोस्टमा आक्रमण गर्न सकेको थिएन । च्याम्पियन्स लिग अन्तर्गत खेलमा नेपालीले घरेलु मैदानमा १३ खेल खेल्दा ९ जित, २ हार र २ बराबरी खेलेको छ ।

लिभरपुलले अब आइतबार हुने प्रिमियर लिग खेलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ । खेल नेपाली समयानुसार रातको ९:१५ बजे हुनेछ । नेपोलीले इटालियन लिगमा सासुओलोसँग खेल्नेछ ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.