default_image

6 years ago

October 8, 2018

रियल, बार्सिलोना र एटलेटिकोलाई पछाडी छाड्दै लिगको सेभिल्ला शीर्षस्थानमा

म्याड्रिड (एजेन्सी) – बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध बराबरी खेलेसँगै स्पेनिस ला लिगाको शीर्ष स्थानमा परम्परागत टोली छाडेर नयाँ क्लब आएको छ । विगतमा बार्सिलोना, रियल म्याड्रिड र एटलेटिको म्याड्रिडको दबदबा रहने शीर्षस्थानमा हाल सेभिल्ला रहेको छ । आइतबारको खेल सुरु हुनुअघि बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा थियो । दिनको पहिलो खेलमा एटलेटिको म्याड्रिडले रियल बेटिसलाई पराजित गर्दै […]

18 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध बराबरी खेलेसँगै स्पेनिस ला लिगाको शीर्ष स्थानमा परम्परागत टोली छाडेर नयाँ क्लब आएको छ । विगतमा बार्सिलोना, रियल म्याड्रिड र एटलेटिको म्याड्रिडको दबदबा रहने शीर्षस्थानमा हाल सेभिल्ला रहेको छ ।

आइतबारको खेल सुरु हुनुअघि बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा थियो । दिनको पहिलो खेलमा एटलेटिको म्याड्रिडले रियल बेटिसलाई पराजित गर्दै केहि घण्टाको लागि शीर्ष स्थानमा कब्जा जमायो । तर सेभिल्लाले १० खेलाडीमा सिमित सेलता भिगोलाई २-१ ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा पुग्यो ।

बार्सिलोनाले जित दर्ता गरेको अवस्थामा स्पष्ट अग्रतासहित शीर्ष स्थानमा रहने सुवर्ण अवसर थियो । तर मेसीको कप्तानीमा रहेको क्याटलान क्लबले जित दर्ता गर्न सकेन । बुधबार च्याम्पियन्स लिगको खेलमा इंग्लिस क्लब टोटेनहम हट्स्परलाई ४-२ ले पराजित गरेपनि घरेलु लिगमा भने बार्सिलोनाले पछिल्ला ४ खेलमा जित दर्ता गर्न सकेको छैन ।

एटलेटिको र सेभिल्लाको सफलताले रियल म्याड्रिडलाई भने असर परेको छ । शनिबार अलाभेससँग १-० ले पराजित भएको रियल अंक तालिकाको चौथो स्थानमा झरेको छ । रियलले पछिल्लो ४ खेलमा कुनै गोल गर्न सकेको छैन र जितविहिन छ । प्रशिक्षक जुलेन लोपेटेगुई निकै दबाबमा आएका छन् । क्रिस्टियानो रोनाल्डोको प्रस्थानसँगै रियलमा गोल गर्ने खेलाडीको कमी भएको भन्ने आलोचकहरुले प्रश्न गर्न थालिसकेका छन् ।

लिग तालिका :

१. सेभिल्ला ८ खेल ५ जित १ बराबर २ हार १६ अंक

२. बार्सिलोना ८ खेल ४ जित ३ बराबर १ हार १५ अंक

३. एटलेटिको म्याड्रिड ८ खेल ४ जित ३ बराबर १ हार १५ अंक

४. रियल म्याड्रिड ८ खेल ४ जित २ बराबर २ हार १४ अंक

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.