default_image

6 years ago

October 8, 2018

रुनीको दुई गोलमा डिसी विजयी

वाशिंगटन (एजेन्सी) – अमेरिकी फुटबल लिग एमएलएस अन्तर्गत घरेलु टोली डिसी युनाइटेडको जितमा म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान वेन रुनीले दुई गोल गरेका छन्।  एमएसलएस इस्टर्न कन्फरेन्सको खेलमा डिसी युनाइटेडले सिकागो फायरलाई २-१ ले पराजित गर्यो। सिकागोमा बायर्न म्युनिख तथा म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर बास्टियन स्वाइन्सटाइगर खेल्छन्। ५१ औं मिनेटमा रहिम एडवार्ड्सको गोलमा पछि परेको डिसीलाई […]

14 views

0 Bookmark

वाशिंगटन (एजेन्सी) – अमेरिकी फुटबल लिग एमएलएस अन्तर्गत घरेलु टोली डिसी युनाइटेडको जितमा म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान वेन रुनीले दुई गोल गरेका छन्। 

Rooney chicago

एमएसलएस इस्टर्न कन्फरेन्सको खेलमा डिसी युनाइटेडले सिकागो फायरलाई २-१ ले पराजित गर्यो। सिकागोमा बायर्न म्युनिख तथा म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर बास्टियन स्वाइन्सटाइगर खेल्छन्।

५१ औं मिनेटमा रहिम एडवार्ड्सको गोलमा पछि परेको डिसीलाई रुनीले ६२ औं मिनेटमा वरावरी गोल दिलाए। त्यस्तै ८१ औं मिनेटमा रुनीले पेनाल्टी मार्फत विजयी गोल गरे।

रुनीको आगमन अघि कन्फरेन्सको अन्त्यमा रहेको डिसी हाल सातौँ स्थानमा रहँदै प्ले अफमा स्थान बनाउन प्रतिस्पर्धा गर्दैछ। रुनीले डिसी युनाइटेडबाट १६ खेलमा ९ गोल गरिसकेका छन्।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.