default_image

6 years ago

October 8, 2018

पेनाल्टी हान्न नपाउँदा जेसस निराश

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीका फरवार्ड ग्याब्रिएल जेससले आइतबार लिभरपुलविरुद्ध खेलको अन्त्यतिर पाएको पेनाल्टी प्रहार गर्न नपाउँदा निराश रहेको बताएका छन् । खेलको अन्तिम ५ मिनेट बाँकी रहँदा लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकले लेरोय सानेलाई लडाएपछि सिटीले पेनाल्टी पाएको थियो । यसै सिजन क्लबमा आएका विंगर रियाद माहरेजले उक्त पेनाल्टी प्रहार गरेका थिए । तर […]

17 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीका फरवार्ड ग्याब्रिएल जेससले आइतबार लिभरपुलविरुद्ध खेलको अन्त्यतिर पाएको पेनाल्टी प्रहार गर्न नपाउँदा निराश रहेको बताएका छन्

खेलको अन्तिम ५ मिनेट बाँकी रहँदा लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकले लेरोय सानेलाई लडाएपछि सिटीले पेनाल्टी पाएको थियो । यसै सिजन क्लबमा आएका विंगर रियाद माहरेजले उक्त पेनाल्टी प्रहार गरेका थिए । तर माहरेजले पेनाल्टी पोस्टभन्दा निकै माथि प्रहार गर्दा सिटी अग्रता लिनबाट चुकेको थियो ।

सामान्यतया टोलीका फरवार्डले पेनाल्टी प्रहार गर्ने गर्छन् । सिटीको हकमा सर्जियो अगुएरोले पेनाल्टी प्रहार गर्दै आएका थिए । उनी अनुपस्थित हुँदा जेससले पेनाल्टीको जिम्मेवारी पाउँथे । तर आइतबार प्रशिक्षक गुआर्डीओलाले माहरेजलाई पेनाल्टी प्रहार गर्ने निर्देशन दिएका थिए । उक्त निर्देशनप्रति ब्राजिलियन फरवार्ड जेससले भने आपत्ति जनाएका छन् ।

‘ म पेनाल्टी प्रहार गर्न चाहन्थें । म एकदम आत्मविश्वासी पनि थिएँ । तर मलाई पेनाल्टी हान्न दिईएन । यो निर्णयप्रति म खुसी छैन,’ जेससले भने । ब्राजिलियन फरवार्डले खेलपछि प्रशिक्षक पेप गुआर्डीओलाले उनीसँग माफी मागेको पनि बताए । ‘पेपले मसँग खेलपछि कुरा गरे । फुटबलमा कहिलेकहीं निर्णय सहि सावित हुँदैन । प्रशिक्षकको निर्णयलाई मेरो समर्थन भने सधैं रहनेछ,’ उनले थपे ।

माहरेजले पछिल्लो आठ पेनाल्टीमध्ये ५ पेनाल्टीमा गोल गर्न सकेका छैनन् । जेससले पनि पछिल्ला तीन मध्ये दुई पेनाल्टी चुकाएका छन् । लेस्टर सिटीबाट यसै सिजन म्यानचेस्टर सिटी आएका माहरेजले सिटीको लागि ३ गोल गरिसकेका छन् । उनले खेलमा कहिले गल्ति हुने र त्यसलाई सुधारेर अगाडी बढ्दा नै आफ्नो खेल विकास हुने बताए ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.