default_image

7 years ago

October 10, 2018

नवप्रवेशी ‘हेभीवेट’ च्यासलविरुद्ध आशावादी मछिन्द्र

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (बुधबार) च्यासल युथ क्लब र मछिन्द्र क्लब भिड्दै छन् । खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।

लिगको पहिलो खेलमा दुवै टोली सकारात्मक सुरुवात गर्न चाहन्छन् । च्यासलका प्रशिक्षक राजुकाजी शाक्य जित दर्ता गर्दै सुखद सुरुवात गर्ने सुरमा छन् । यता मछिन्द्रका प्रशिक्षक धनेश्वर प्रजापति च्यासलबाट अंक खोस्नुलाई नै सफलता मान्ने पक्षमा छन् । दुवै प्रशिक्षकले छोटो समयको तयारी भएपनि राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छन् ।

शीर्ष श्रेणी लिगमा च्यासलको यो पहिलो सिजन हो । गतवर्ष बी डिभिजन लिगको उपाधि जितेपछि च्यासल शीर्ष श्रेणीमा बढुवा भएको थियो । पहिलो सिजनको लागि नै च्यासलले खुलेर खर्च गरेको छ । च्यासल राष्ट्रिय टोलीका तीन सदस्यसहित घरेलु फुटबलमा नाम चलेका खेलाडी सम्मिलित छन् । विमल घर्तिमगर, देवेन्द्र तामाङ र हेमन्त थापामगरले टोलीलाई मजबुती दिनेछन् । गोलरक्षक दिनेश थापामगर, मिडफिल्डर अमिर श्रेष्ठ, डिफेन्डर विक्रम लिम्बूले टोलीलाई थप सहयोग पुर्याउने छन् ।

यता मछिन्द्रले भने युवा खेलाडीलाई प्राथमिकतामा राखेको छ । रेलिगेसन नहुने लिग भएकाले पनि थोरै अनुभवी खेलाडी उतार्दै क्लबले खर्च बचाएको भान हुन्छ । प्रशिक्षक प्रजापति आफैं पहिलो पटक शीर्ष क्लब हेर्दैछन् । यसअघी उनी यू-१८ लिगमा सहायक प्रशिक्षकको भूमिकामा थिए । बुधबार च्यासलले ए डिभिजनमा डेब्यु गर्दा उनको पनि डेब्यु नै हुनेछ ।

पढ्नुहोस प्रशिक्षक के भन्छन् :

च्यासलका राजुकाजी शाक्य – ‘राम्रो सुरुवात गर्नेछौं’ (यहाँ थिच्नुहोस्)

मछिन्द्रका धनेश्वर प्रजापति – ‘ बलियो च्यासललाई दबाब दिनेछौं’ (यहाँ थिच्नुहोस्)

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.