default_image

7 years ago

October 11, 2018

ए डिभिजन लिग : पुलिसलाई रोक्न जावलाखेल तत्पर

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार नेपाल पुलिस क्लब र जावलाखेल युवा क्लबबीच लिगको पाँचौ खेल हुँदैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे हुनेछ ।

लिगका लागि नेपाल पुलिस क्लबले लामो समयदेखि तयारी गरिरहेको छ । पुलिसमा राष्ट्रिय टोली र उमेर समूहमा अन्तर्राष्ट्रिय सहभागिता जनाएका खेलाडीको बाहुल्यता छ । यसबाहेक ए डिभिजन खेलिसकेका खेलाडी पनि टोलीमा छन् । यता जावलाखेलले भने केहि युवा खेलाडी समेटेर टोली तयार पारेको छ । कागजी रुपमा हेर्दा पुलिसको टोली बलियो देखिन्छ । दिनेश राजवंशी, तेज तामाङ, सुमन लामा, अभिषेक रिजाल, अर्पण कार्की जस्ता नाम चलेका युवा खेलाडीले पुलिसलाई मजबुती प्रदान गर्नेछन् ।

के भन्छन् लिगबारे प्रशिक्षक ?

अनन्त थापा (प्रशिक्षक, नेपाल पुलिस क्लब)– लिगका लागि नेपाल पुलिस क्लब जहिले पनि तयार छ । पुलिस क्लब लिगको दावेदार टोली हो । हामीले लिगलाई मध्यनजर गर्दै २ महिनाअघिबाट प्रशिक्षण शुरु गरेका थियौं । टिममा यसपटक युवा खेलाडीले भरिएको छ । सबै २५ वर्ष मुनिका छन् । ४ वर्षपछि लिग हुनु राम्रो हो । प्रशिक्षकको रुपमा पनि लिग जित्न चाहन्छु । च्यान्पियन बन्ने लक्ष्य छ ।

नरेश थापा (सहायक प्रशिक्षक, जावलाखेल युथ क्लब)- हामीले लिगका लागि करिव दुई अघिबाट आफ्नै मैदानमा प्रशिक्षण थालेका थियौं । टिममा उमेर समूह र नयाँ खेलाडीको बाहुल्यता रहेको छ । लिगका लागि हामीले १९ खेलाडी मात्र अनुबन्ध गर्न सकेका छौं । स्ट्राइकिङ र मिडफिल्डमा केही समस्या देखिएको छ । यसलाई हामी सुधार्नेछौं । लिगमा हाम्रो लक्ष्य सातौ पोजिसन सम्म आउने रहेको छ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.