7 years ago
October 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार भएको खेलमा नेपाल पुलिस क्लवले जावलाखेल विरुद्धको अग्रता लिएको छ । पुलिस मध्यान्तर मा १-० ले अगाडी छ ।

पुलिसका लागि पहिलो हाफको ३२ अौं मिनेटमा अजित भण्डारीले गोल गरेका थिए । पुलिसले पेनाल्टी क्षेत्रबाहिर पाएको फ्रिकिकमा उत्कृष्ट टिमवर्कको नमुना प्रस्तुत गर्दै गोल गरेको हो । सुमन लामाले छोटो फ्रिकिक लिँदै तेज तामाङलाई पेनाल्टी क्षेत्रको दायाँतर्फ पास दिए । तेजले सोहि पासलाई फार पोस्टमा क्रस गरे जहाँ अजितले सहजै गोल गरे ।
त्यसअघि जावलाखेलका गोलरक्षक टिकेन्द्र थापाले पुलिसको दुई सुन्दर प्रयासलाई विफल बनाएका थिए । सुमन लामाले ६ यार्ड भित्रबाट गरेको प्रहार उनले रोकेका थिए । त्यसअघि हेम तामाङको लामो दुरीको प्रहार पनि उनले उत्कृष्ट डाइभ दिँदै रोके । जावलाखेल काउन्टर अट्याकमा गरेको अाक्रमणमा भर पर्दा पुलिसले बल पोसेसन राखेर लगातार दवाव सिर्जना गरिरहेको छ ।

December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]