default_image

7 years ago

October 13, 2018

सलाहले गरे सोझै कर्नरबाट गोल [भिडियो]

105 views

0 Bookmark

काइरो (एजेन्सी) – अफ्रिकन कप अफ नेसन्सको छनोट चरणको खेलमा लिभरपुलका स्टार मोहम्मद सलाहले इजिप्टका लागि सोझै कर्नरबाट गोल गरेका छन्। स्वाजिलयाण्डविरुद्ध ४-१ को जितमा इजिप्टको चौथो गोल सलाहले कर्नर मार्फत गरेका हुन्।

Salah corner

इजिप्टको राजधानी काइरोस्थित अल सलाम रंगशालामा भएको खेलमा इजिप्टले पहिलो हाफमै चार गोल गरेको थियो। खेलको ४५ औं मिनेटमा पाएको कर्नरलाई सलाहले सोझै गोलमा परिणत गरे। लिभरपुलका लागि ४ खेल यता गोल गर्ननसकेका सलाहले पहिलो हाफ सकिनुअघि उत्कृष्ट गोल गरेका थिए।

दोस्रो हाफ भने सलाहका लागि राम्रो रहेन। उनी ८८ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरीए। उनको चोटको पूर्ण विवरण आउन बाँकी छ।

हेर्नुहोस सलाहको गोल 

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.