default_image

7 years ago

October 19, 2018

एमएलएसमा रुनीको विश्वस्तरीय गोल [भिडियो]

156 views

0 Bookmark

वाशिंगटन (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर वेन रुनीले अमेरिकी फुटबल लिग एमएलएसमा जादु कायम राखेका छन्।सिकागोसँगको खेलमा दुई गोल गर्दै टोलीलाई जित दिलाएका रुनीले बुधबार भएको खेलमा विश्वस्तरीय फ्रि-किक मार्फत डिसी युनाईटेडलाई अर्को जित दिलाए।

Rooney chicago

रुनीको आगमनअघि लिगको पुछारमा रहेको डिसी हाल प्लेअफका लागि प्रतिस्पर्धा गर्दैछ। टोरोन्टो एफसीविरुद्धको खेलमा रुनीले १८ मिनेटमा करिब ३० यार्डबाट फ्रि-किकबाट गोल गरे। उनको त्यो गोल खेलको निर्णायक साबित भयो। रुनीले डिसीबाट १८ खेलमा १० गोल गरिसकेका छन्। डिसी पछिल्लो ८ खेलमा अपराजित छ।

हेर्नुहोस रुनीको गोल :

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.