default_image

6 years ago

October 23, 2018

साफ यू१८ च्याम्पियन टोलीका एरिक सम्मानित

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा केहि महिनाअघि अायोजित साफ यू१८ च्याम्पियन्सिपको विजेता नेपाल यू१८ राष्ट्रिय टोलीका मिडफिल्डर एरिक विष्ट सम्मानित भएका छन् ।

एरिकलाई काठमाडौं महानगरपालिका वडा नम्बर ३ ले सम्मान गरेको हो । महानगरका मेयर विधासुन्दर शाक्यले कार्यक्रममा एरिकलाई सम्मान गरेका थिए । एरिकले साफ उपाधि दिलाउँदा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

स्थानीय बाँसबारी क्लबबाट व्यवसायिक फुटबल करिअर सुरु गरेका एरिक त्यसै क्लबका उत्पादन हुन् । उनले एन्फा एकेडेमीमा रहेर पनि केहि वर्ष प्रशिक्षण गरेका थिए । यू१६ उमेर समूहमा राष्ट्रिय टोलीमा छनौट नभएका एरिक यू१८ का भने नियमित खेलाडी हुन् ।

एरिकले त्रिभुवन अार्मी क्लबबाट खेल्दै ललित स्मृति यू१८ लिग पनि जितेका छन् । सहिद स्मारक ए डिभिजन लिगका लागि पनि उनी अार्मीको सिनियर टोलीमा परेका छन् ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.