6 years ago
November 11, 2018
एजेन्सी – कप्तान तथा डिफेन्डर डिएगो गोडीनले अन्तिम मिनेटमा गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत शनिबार एटलेटिको म्याड्रिडले एथलेटिक बिल्बाओलाई ३-२ ले पराजित गरेको छ ।
खेलमा चोट बोकेपछि प्रशिक्षक डिएगो सिमिओनीले अन्तिम समयमा गोडीनलाई अग्रपंक्तिमा खेलाएका थिए । उनले बिल्बाओको दोस्रो गोल रोक्ने क्रममा तिघ्रामा चोट बोकेपछि प्रशिक्षक सिमिओनीले अग्रपंक्तिमा खेल्न निर्देशन दिएका थिए । एटलेटिकोले तीनै खेलाडी परिवर्तन गरिसकेका कारण गोडीनलाई अगाडी जान भनेका थिए । तर अन्तिम मिनेटमा उनले नै गोल गर्दै टोलीलाई जित दिलाए ।
खेलमा पाहुना टोली बिल्बाओले इनाकी विलियम्सको गोलमा ३६ औं मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफको ६१ औं मिनेटमा थोमस पार्टेले एटलेटिकोलाई बराबरीमा ल्याए । तर त्यसको तीन मिनेटमा नै बिल्बाओ फेरी अगाडी बढ्यो । विलियम्सको दोस्रो गोलमा गोडीन घाइते पनि भए । १० मिनेट समय बाँकी छंदा बराबरी गोल फर्काएको एटलेटिकोका लागि एन्टोइन ग्रिज्मनको पासमा गोडीनले अन्तिम मिनेटमा गोल गर्दै जित पक्का गरे ।
यस जितसँगै एटलेटिकोलिग तालीको दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको बार्सिलोनाभन्दा टोली १ अंकले पछाडी छ । यद्यपी बार्सिलोनाले आइतबार रियल बेटिससँग जित दर्ता गर्दै अग्रता बढाउने मौका पाउनेछ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]