7 years ago
November 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर प्रकाश बुढाथोकीलाई ए डिभिजन क्लब मनाङ मर्स्याङदी क्लबले लिगको लागि अनुबन्धन गरेको छ । भुटानमा सम्पन्न राष्ट्रिय लिगमा पारो युनाइटेडबाट खेलेका प्रकाश यसै महिना नेपाल फर्केका हुन् ।

प्रकाशले भुटानमा राम्रो प्रदर्शन गर्दै पारोलाई पहिलो सहभागितामै उपविजेता बन्न मदत गरेका थिए । उनी लिगको एक खेलमा म्यान अफ द म्याच पनि भएका थिए । अन्तिम खेलमा जित दर्ता गर्न नसक्दा पारो उपविजेतामा सिमित भएको थियो । उनले भुटान बसाइमा क्लबका लागि ३ गोल पन गरे । प्रकाश यसअघि नेपालमा थ्री स्टार क्लबसँग अनुबन्धित थिए । राष्ट्रिय टोलीका सदस्य रहिसकेका प्रकाश पछिल्लो समय चोटका कारण टोलीमा परेका छैनन् ।
सन् २०१६ को दक्षिण एसियाली खेलकुदअन्तर्गत फाइनल खेलमा भारतविरुद्ध प्रकाशले फ्रिकिकमार्फत बराबरी गोल फर्काएका थिए । उनी बंगबंधु कप जित्ने टोलीका पनि सदस्य थिए । त्यसपछि भएको एएफसी सोलिडारिटी कपमा भने चोटका कारण उनी राष्ट्रिय टोलीमा पर्न सकेका थिएनन् । त्यसयता घरेलु प्रतियोगिता नहुँदा उनी राष्ट्रिय टोलीमा पर्न सकेका छैनन् ।

प्रकाशले राष्ट्रिय टोलीमा फर्कने लक्ष्यसहित मनाङमा अनुबन्धित भएको हाम्रोखेलकुदलाई बताए । ‘ मैले चोटका कारण राष्ट्रिय टोलीमा पर्न सकिन । तर अहिले राम्रो लयमा छु । भुटानमा पनि लिग च्याम्पियन हुने नजिक पुगेर सफल भएनौं । मनाङमा अनुबन्ध भएपछि अब राष्ट्रिय टोलीमा फर्कने लक्ष्य लिएको छु,’ उनले भने । प्रकाशले मनाङसँग हाल ६ महिनाको लागि अनुबन्धन गरेका हुन् । यसअघि फ्रेन्ड्स क्लबबाट ए डिभिजन लिग फुटबल खेलिसकेका प्रकाशले मोफसलका प्रतियोगिताहरुमा संकटाबाट पनि खेलेका थिए ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]