6 years ago
November 17, 2018
कार्डिफ (एजेन्सी) –ग्यारेथ बेलसम्मिलित वेल्सले युइएफए नेसन्स लिग फुटबलमा डेनमार्कसँग हार बेहोरेको छ । वेल्स डेनमार्कसँग २–१ ले पराजित भएको हो ।
वेल्सको घरेलु मैदान कार्डिफमा शुक्रबार राति भएको खेलमा ग्यारेथ वेलले गोल गरेपनि टिमलाई जिताउन सकेन । ४२औं निकोलाई जर्गेन्सेनले गोलको पाहुना टोली डेनमार्कले खेलमा अग्रता बनाएको थियो ।
पहिलो हाफसम्म १–० को अग्रता बनाएको डेनमार्कले ८८औं मिनेटमा मार्टिन व्रेथवेटको गोलबाट अग्रता दोब्बर पारेको थियो । त्यसको १ मिनेटपछि नै ग्यारेथ बेलले गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेन ।
जितपछि नेसन्स लिग ‘बी’ को समूह ४ मा रहेको डेनमार्कको ३ खेलबाट ७ अंक पुगेको छ । पराजित वेल्स ६ अंक जोडेर दोस्रो तथा १ अंक जोडेको आयरल्यान्ड पुछारमा छ ।
युइएफए नेसन्स लिगका अन्य खेलका नतिजाहरु
नेदरल्यान्ड विरुद्ध फ्रान्स (२–०)
स्लोभाकिया विरुद्ध युक्रेन (४–१)
साइप्रस विरुद्ध बुल्गेरिया (१–१)
स्लोभेनिया विरुद्ध नर्वे (१–१)
जिब्राल्टार विरुद्ध अर्मेनिया (२–६)
लिचेस्टाइन विरुद्ध म्यासेडोनिया (०–२)
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]