default_image

6 years ago

November 18, 2018

‘विक्रमको मिहिनेत र क्लबको साथले पुनरागमन सफल’ – प्रशिक्षक मेघराज केसी

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका मिडफिल्डर एवं रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामाले ९ महिनापछि मैदानमा पुनरागमन गरे । प्रशिक्षक मेघराज केसीका अनुसार यो पुनरागमन सफल हुनुमा विक्रमको मिहिनेत र क्लबको साथ नै मुख्य कारक हो ।

meghraj KC

ब्रिगेड ब्वाइजविरुद्ध लिगको दोस्रो खेलमा थ्री स्टारले ५-१ को जित दर्ता गर्दा विक्रमले अन्तिम गोल गरे । नियमित मिडफिल्ड पोजिसनबाट तल झरेर सेन्टर डिफेन्सको भूमिका निर्वाह गरेका विक्रमले एकदम राम्रो प्रदर्शन गरेको प्रशिक्षक मेघराज केसीले बताए । ‘उनलाई हामीले टिमको कमजोर रहेको स्थानमा खेलाएको हो । उनले आफ्नो पोजिसन भन्दा बाहिर साँच्चै राम्रो खेले । हामी उनलाई आवश्यकता अनुसार खेलाउने छौं ।’ प्रशिक्षक केसीले थपे, ‘ आधुनिक फुटबलमा एकै पोजिसन मात्र खेल्न सक्ने खेलाडी कमजोर हुन्छ । विक्रम टोलीका कप्तान हुन् र उनलाई बाहिर राख्न सकिन्न । उनले आज पनि राम्रो प्रदर्शन गरे ।’

प्रशिक्षक केसीले विक्रमको सफल पुनरागमनको सम्पूर्ण श्रेय विक्रमको मिहिनेत र क्लबको साथलाई दिए । ‘ मैले यकिन भन्न सक्दिन । मेरो अन्दाजमा क्लबले आर्थिक रुपमा सरदार १० लाख खर्च गरेको छ । विक्रम आफैंले पनि जुन प्रकारको मिहिनेत गरे, त्यो महत्त्वपूर्ण थियो । मानसिक रुपमा उनलाई तयार पार्न र खेलतर्फ केन्द्रित गर्न हामीले विभिन्न कार्य गरेका थियौं ,’ केसीले थपे ।

केसीले झन्डै डेढ महिनाको विश्रामपछि पनि थ्री स्टाले राम्रो खेल्दा जित हात पार्न सकिएको बताए । ‘बीबीसीले हामी विरुद्ध राम्रो खेल्यौं । हामीले उनीहरुले भन्दा राम्रो खेल्यौं । युवा खेलाडीले भरिएको बीबीसीले हामीसँग डोमिनेट भएर खेलेन,’ उनले भने, ‘हामीले पनि बीबीसीलाई कमजोर टिमको रुपमा खेलेनौं । स्कोरले मात्रै खेलको कथा भन्दैन । खेलले नै खेलको कथा भन्ने हो । आज त्यही भयो ।’

प्रशिक्षक केसीले आउने खेलमा पनि जितको सिलसिला कायम राख्ने बताए । ‘विपक्षीलाई विपक्षीकै रुपमा सोच्ने, मिहेनत गरेर खेल्ने । आगमी खेलमा बढी शक्ति लगाएर खेल्ने । सबै टोली बराबरी छन् । को बलियो को कमजोर भनेर सोच्न जरुरी छैन,’ उनले टुंग्याए ।

पराजित टोली बीबीसीका प्रशिक्षक उज्जन श्रेष्ठले थ्री स्टारविरुद्ध राम्रो खेलेको बताए । ‘सुरुमा अनावश्यक पेनाल्टीले नै टिममा दबाबमा पर्यो । दोस्रो हाफमा गोल गर्ने रणनीतिमा खेल्दा झनै गोल खान पुग्यौं । पक्कै पनि थ्री स्टारलाई हामीविरुद्ध खेल्न सहज भएन । हामीले तिहारपछि जम्मा ४ दिन प्रशिक्षण गरेका थियौं । खेल ७५ मिनेटसम्म राम्रो भएको थियो । त्यसपछि राम्रो भएन,’ प्रशिक्षक उर्जन श्रेष्ठले भने ।

विदेशी खेलाडीले खेल्न नसकेपनि उनले आगमी खेलमा कमजोरीहरु सुधार्दै लैजाने बताए । ‘हामीले विदेशी खेलाडीबाट आज अपेक्षित प्रदर्शन पाएनौं । बलियो दुई टोली मनाङ र थ्री स्टारसँग खेलिसकेका छौं । अझै ११ खेल बाँकी छ । राम्रो खेल्ने प्रयास गर्नेछौं,’ श्रेष्ठले टुंग्याए ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.