default_image

6 years ago

November 20, 2018

चेक रिपब्लिकद्धारा स्लोभाकिया पराजित

48 views

0 Bookmark

प्राह (एजेन्सी) – युइएफए नेसन्स लिग फुटबलमा चेक रिपब्लिकले स्लोभाकियालाई १–० ले पराजित गरेको छ । इडेन एरिनमा प्राहमा सोमबार राति भएको खेलमा प्याट्रिक चिकले गरेको गोल नै चेकको जितमा निर्णायक बन्यो ।

आयरल्यान्डविरुद्ध सट प्रहार गर्दै डेनमार्कका क्रिस्टियन इरिक्सन

प्रतिस्पर्धात्मक बनेको खेलको ३२औं मिनेटमा प्याट्रिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि थप गोन निस्कन नसक्दा प्याट्रिकको गोल नै चेकको जितमा निर्णायक बन्यो ।

जितपछि नेसन्स लिग बी को समूह १ बाट चेक रिपब्लिकले प्ले अफमा स्थान बनाउन सकेन । चेकले ४ खेलबाट ६ अंकमात्र जोड्यो । यो समूहबाट ९ अंक जोडेको युक्रेन अर्काे चरणमा प्रवेश गर्न सफल हुदा स्लोभाकिया रेलिगेसनमा पर्यो ।

सोमबार राति नै भएको अर्काे खेलमा आयरल्यान्डसँग गोलरहित बराबरी खेलेपनि डेनमार्क नेसन्स लिग बी को समूह चारबाट समूह विजेताको रुपमा अर्काे चरणमा प्रवेश गर्न सफल भयो । ६ अंक जोडेको वेल्स दोस्रो चरण प्रवेश गर्न नसक्दा आयरल्यान्ड रेलिगेसनमा प¥यो ।

सोमबार राति नै भएको खेलमा नर्वेले साइप्रसलाई २–० ले पराजित गर्दै लिग सी को समूह ३ बाट अर्काे चरणमा प्रवेश गर्न सफल भयो नर्वेले ६ खेलबाट १३ अंक जोड्यो । बुल्गेरिया र स्लोभेनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

सोमबार राति नै भएको लिग डी को समुह ४ को खेलमा म्यासेडोनियाले जिब्राल्टारलाई ४–० ले पराजित गर्दै अर्काे चरणमा प्रवेश गर्न सफल भयो । लिचेस्टाइन र अर्मेनियाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.