6 years ago
November 21, 2018
लिस्बन (एजेन्सी) – पोर्चुगलका पूर्व खेलाडी डेकोले बार्सिलोनाका पूर्व सहकर्मी रोनाल्डिन्होको खुलेर प्रशंसा गरेका छन् । बार्सिलोना एवंम् अर्जेन्टिनाका सुपर स्टार लियोन मेसी र पोर्चुगल तथा युभेन्ट्सका सुपर स्टारका क्रिस्टियानो रोनाल्डो भन्दा पनि आफुलेसँगै खेलका रोनाल्डिन्हो सधै उत्कृष्ट लागेको डेकोले बताएका छन् ।
डेको र ब्राजिलियन महान खेलाडी रोनाल्डिन्होले सन् २००४ देखि २००८ सम्म सँगै बार्सिलोनामा खेलेका थिए । उनीहरुले सँगै दुई पटक ला लिगा र एक पटक च्याम्पियन्स लिग उपाधि जितेका थिए ।
मेसी र रोनाल्डो उत्कृष्ट खेलाडी हुन् । विशेषत उनीहरु वर्षौदेखि एकै स्तरमा खेलिरहेका छन्, डेकाले भने, तर, तर म रोनाल्डिन्होबाट सधै प्रभाविति रहे । उनी मेरो लागि सदाबहार उत्कृष्ट हुन् ।
रोनाल्डिन्होका साथ खेल्नु आफ्नो खेल जीवनकै उत्कृष्ट वर्षहरु भएको पनि डेकोले प्रष्ट पारेका छन् । ‘बार्सिलोनामा जति बेला हाम्रो भेट भयो । हामी निकै नजिक भयौं ,’ उनले स्मरण गरे, ‘उनीसँग विताएका पल कुनै अन्य चिजसँग तुलना गर्न कठिन हुनेछ । ती उत्कृष्ट क्षण थिए । ‘
मेसी र रोनाल्डोलाई जसरी अहिले विश्वकै उत्कृष्ट खेलाडी मानिन्छ त्यस्तै त्यो बेला रोनाल्डिन्होका बारेमा भनिथ्यो । मेसी र रोनाल्डो दशकयता उच्च प्रदर्शन गरिरहेका छन् ।
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]