default_image

6 years ago

November 21, 2018

फरेस्टको ह्याट्रिकमा स्कटल्यान्डको रोमाञ्चक जित

51 views

0 Bookmark

ग्लास्गो (एजेन्सी) – जेम्स फरेस्टले ह्याट्रिक पुरा गरेपछि स्कटल्यान्डले इजरायलमाथि रोमाञ्चक जित निकालेको छ । ह्याम्पडेन पार्क ग्लास्गोमा मंगलबार राति भएको युइएफए नेसन्स लिग फुटबलमा स्कटल्यान्डले इजरायलमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।

पराजित टिमका लागि वेराम कायल र इरान जाहभीले गोल गरे । इजरायलले वेरामको गोलबाट खेलको नवौं मिनेटमा शुरुवाती अग्रता बनाएको थियो । ३४औं मिनेटमा जेम्स फरेस्टले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । रायन क्रिस्टिको पासमा जेम्सले ४३औं मिनेटमा गोल गरेपछि स्कटल्यान्डले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भएको थियो ।

६४औं मिनेटमा फरेस्टले रायन फ्रासरको पासमा अर्काे गोल गर्दै ह्याट्रिक पूरा गरेपछि स्कटल्यान्डले खेलमा ३–१ को अग्रता बनाएको थियो । ७५औं मिनेटमा इरान जाहभीले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा स्कटल्यान्डले ३–२ को जित निकाल्न सफल भयो ।

जितपछि स्कटल्यान्डले नेसन्स लिगका दोस्रो चरणमा स्थान बनाउनुका साथै सन् २०२० को युरोकपको लागि प्ले अफमा स्थान बनाउन सफल भयो ।

मंगलबार राति नै भएको नेसन्स लिग सी को समूह ४ को खेलमा सर्वियाले लिथुनियालाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै समूहको शीर्ष स्थानमा रहँदै दोस्रो चरणको लागि स्थान बनाउन सफल भयो । सर्वियाको जितमा एलेसान्द्रो मिट्रोभिकले दुई तथा एडेम लेजाजिकले एक गोल गर्दा अर्काे गोल उपहार पाएको थियो । लिथुनियाका डिमान्थस पेट्राभिसियले एक गोल फर्र्काएका थिए ।

यो समूहमा सर्वियाले ६ खेलबाट १४ अंक जोड्न सफल भयो । हारसँगै लिथुनिया रेलिगेसनमा पर्यो । यही समूहको अर्काे खेलमा रोमानियाले मोन्टेनेग्रोलाई १–० ले पराजित गर्यो ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.