6 years ago
November 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत तेस्रो चरणको खेल आज सुरु हुँदैछ । बिहीबार हुने पहिलो खेलमा भ्याली च्यासल युवा क्लबले न्यू रोड टिम (एनआरटी) को सामना गर्दैछ ।
लिगको दोस्रो चरणको समाप्तिमा दुवै टोलीले १-१ अंक जोडेका छन् । च्यासलले पहिलो खेलमा मछिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा त्रिभुवन आर्मीसँग १-० ले पराजित भएको थियो । एनआरटीले भने पहिलो खेलमा आर्मीसँग २-२ को बराबरी खेल्दै दोस्रोमा मनाङसँग २-० ले पराजित भयो ।
उपाधि होडमा आउने सम्भावना बोकेको च्यासलले दावेदारीलाई सार्थकता दिने हो भने आजको खेल जित्नेपर्ने दबाब छ । प्रशिक्षक राजुकाजी शाक्य पनि अब टोलीले एकाग्रता पाएसँगै नतिजा आउनेमा आशावादी छन् । ‘ हामीले पहिलो खेलमा अंक गुमायौं । टिम सेट नभएकाले केहि समस्या थियो । आर्मीविरुद्ध राम्रो खेल्दाखेल्दै पनि पराजित भयौं । राइनो गोल्डकप खेल्दाको थकानले पनि त्यो भएको थियो । अब हामी तयार छौं । भोली तीन अंक महत्त्वपूर्ण छ,’ उनले भने ।
सन्तोष साहुखलको आगमनले पनि टोलीलाई फाइदा पुगेको प्रशिक्षक शाक्यको बुझाई छ । ‘उनले पहिलो खेलमा आएकै भोलिपल्ट मैदान उत्रिए । राम्रो प्रदर्शन नै गरे । गोल निस्कन सकेन । पछिल्लो केहि दिन सँगै प्रशिक्षण गरेका छौं । विमल पनि टोलीसँगै छ । राम्रो प्रदर्शनको आशा राखेको छु । टोलीमा विदेशी डिफेन्डर पनि थपिएका छन्,’ उनले भने । च्यासलले मनाङको पूर्व खेलाडी फ्लोरेन्टलाई अनुबन्धन गरेको छ ।
राष्ट्रिय टोलीका डिफेन्डर देवेन्द्र तामाङको कप्तानीमा रहेको च्यासलमा विमल घर्तिमगर, सन्तोष साहुखल, हेमन्त थापामगरलगायत नाम चलेका खेलाडी छन् । उमेर समूहको अनुभव बोकेका अमिर श्रेष्ठ, दिनेश थापामगर, गौरव बुढाथोकीले टोलीलाई थप मजबुत बनाएको छ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]