default_image

6 years ago

November 23, 2018

प्रधानसेनापति कपः आर्मी र एपीएफको फराकिलो जित

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार दुई विभागीय टोली आयोजक त्रिभुवन आर्मी क्लब र एपीएफले राजधानीमा जारी प्रधानसेनापति छैटौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा फराकिलो जित दर्ता गरेको छ ।

सैनिक शारीरिक तालिम केन्द्र लगनखेलस्थित खेल मैदानमा शुक्रबार भएको खेलमा एपीएफले प्रदेश नम्वर ३ माथि १०–० को फराकिलो जित निकालेको हो । एपीएफको जितमा फरवार्ड सावित्रा भण्डारी एक्लैले खेलमा ५ गोल गरिन् । सरु लिम्बू, अनु लामा, रेखा पौडेल, मंजु दोङ र रेनुका नगरकोटेले १-१ गोल गरे । खेलको प्लेअर अफ द म्याच सावित्रा भइन ।

शुक्रबारै भएको अर्काे खेलमा आयोजक त्रिभुवन आर्मी क्लबले प्रदेश नम्वर ७ माथि ८–० को फराकिलो जित दर्ता गर्यो । आर्मीको जितमा कृष्णा  खत्रीले ५ गोल गरिन् । दीपा राईले २ गोल गर्दा विमला चौधरीले १ गोल गरिन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी कृष्णा खत्री प्लेअर अफ द म्याच घोषित भइन ।

यसअघि बिहिबार प्रदेश नम्वर २ ले प्रदेश ५ माथि ८–० को तथा नेपाल पुलिस क्लबले प्रदेश ६ माथि १०–० को फराकिलो जित निकालेको थियो । प्रदेश ५ की दिल कुमारी राना मगर र पुलिस क्लबकी निरु थापा ‘वुमन अफ दि म्याच’ घोषित भए ।

प्रतियोगिता अन्तर्गत शनिबार भारतको विहार र प्रदेश २ बीच तथा नेपाल पुलिस क्लब र भारतको सिक्किमबीच खेल हुनेछ ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.