6 years ago
November 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चिर परिचित प्रतिद्वन्द्वी मनाङ मर्स्याङदी क्लबसँग पराजित भएसँगै रुस्लान थ्री स्टार क्लबले लिग तालिकाको शीर्ष स्थान गुमायो । तेस्रो खेलमै हार बेहोरेको थ्री स्टार अब फेरी जितको लय समात्ने धुनमा सोमबार न्यू रोड टिम (एनआरटी) को सामना गर्दैछ ।
प्रशिक्षक मेघराज केसीले मनाङविरुद्ध हारपछि लिगको अन्य १३ टोलीझैं मनाङविरुद्धको खेल पनि ३ अंककै लागि भएको र चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका थिए । उनको टोलीले अब लिगमा आफ्नो दावेदारी प्रस्तुत गर्न यस खेल जित्नेपर्ने हुन्छ । यसका लागि टोली तयार रहेको सहायक प्रशिक्षक अशोक राईले खेलको पूर्वसन्ध्यामा बताएका छन् ।
यता एनआरटीले लिगको चौथो खेलमा आइपुग्दा उपाधि दावेदारीमा रहेका टोलीविरुद्ध लगातार खेलेको छ । पहिलो खेलमा आर्मीसँग २-२ को बराबरीमा रोकिएको एनआरटी त्यसपछि मनाङ र च्यासलसँग पराजित भएको थियो । प्रशिक्षक महेश्वर मुल्मी थ्री स्टारविरुद्ध पनि एनआरटीलाई कुनै दबाब नरहने र आफ्नो खेल खेल्ने बताउँछन् ।
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]