default_image

6 years ago

November 26, 2018

पुलिससँग च्यासलको हार

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले भ्याली च्यासल युवा क्लबलाई २-० ले पराजित गर्दै पल्सर सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित दर्ता गरेको छ ।

हल्चोकस्थित एपीएफ रंगशालामा पुलिसका लागि भरत शाह र रवी पासवानले १-१ गोल गरे । पुलिसले पहिलो हाफमा रवी पासवानको गोलमा अग्रता लिएको थियो । उनले ३८ अौं मिनेटमा गोल गरेका थिए । च्यासलका विश्व अधिकारीले फितलो ब्याकपास दिँदा रवीले बल चोर्दै गोलरक्षक दिनेश थापामगरलाई चिप गर्दै गोल गरेका थिए ।

खेलको निर्धारित समयमा एक मिनेट बाँकी रहँदा पुलिसले अग्रता दोब्बर पार्यो । पुलिसका लागि भरत शाहले गोल गरे । पुलिसले दोस्रो गोल पनि च्यासलकै गल्तीको फाइदा उठाउँदै गरेको थियो । भरत साहले च्यासलका फ्लोरेन्ट लार्बाले दिएको क्रसफिल्ड बललाई नियन्त्रणमा लिँदै सुन्दर गोल गरे ।

यस जितसँगै पुलिसको ४ खेलमा २ जित र १ बराबरीले ७ अंक भएको छ । च्यासल भने दोस्रो हारपछि ४ खेलमा ४ अंकमै रहेको छ ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.