6 years ago
November 28, 2018
ओल्ड ट्राफोर्ड (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्वीस क्लब योङ ब्वाइजमाथि १–० को संघर्षपुर्ण जित निकालेको छ ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलमा मरौउने फेलियानीले इन्जरी समयमा गोल गरेपछि युनाइटेडले योङ ब्वाइजमाथि संघर्षपूर्ण जित निकालेको हो । फेलियानीले इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा रोमेलु लुकाकुको पासमा गोल गरेका थिए ।
बलमा पकड जमाएपनि युनाइटेडले गोलका केही सुन्दर मौकाहरु खेर फालेको थियो । योङ ब्वाइजले पनि केही मौकाहरु खेर फालेको थियो ।
महत्वपूर्ण जितसँगै युनाइटेड च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । युनाइटेड समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणका पुग्न सफल भएको हो । यो समूहबाट युभेन्टस समूह विजेताको रुपमा प्रि–क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]