6 years ago
November 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शंखरापुर नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेदि प्रथम शंखरापुर नगर वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक शंखरापुर नगर खेलकुद विकास समितिले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता मंसिर १४ गतेदेखि २९ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा शंखरापुर नगरपालिकाका ९ वटै वडाले सहभागिता जनाउने शंखरापुर नगर खेलकुद विकास समितिका अध्यक्ष बद्री प्रसाद चौलागाईले जानकारी गराए ।
प्रतियोगितामा सहभागिताको लागि उमेर हद नरहेको तर, सोही वडामा बसोवास गरेको नागरिक हुनुपर्ने आयोजकले जनाएको छ । शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले नगरपालिकाका युवाहरुको प्रतिभा र खेलप्रतिको रुचिलाई मध्यनजर गर्दै नगर खेलकुद समितिमार्फत प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले यस्ता खालका प्रतियोगिताले नै प्रतिभावान खेलाडी जन्मने बताए ।
सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगताको हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियेगिताको विजेताले १ लाख पाउनेछ । दोस्रो हुनेले ५० हजार तथा तेस्रो हुनेले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित रकम ३१ लाख रहेको छ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]