6 years ago
December 5, 2018
ललितपुर (हाम्रो खेलकुद) – चाँदबाग स्कुल र गोदावरी आवासीय स्कुलले २३ औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय फुटबल प्रतियोगितामा बुधबार जित निकालेका छन् ।
गोदावरीमा भएको खेलमा चाँदबाग स्कुलले ईडेन गार्डेन स्कुललाई २–० ले पराजित ग¥यो । चाँदवागका प्रविन रोक्का र सचिन मगरले गोल गरे । चाँदवागका विशेष पोखरेल प्लेयर अफ दि म्याच घोषित भए ।
यसै गरि गोदावरी रेसिडेन्ट स्कुलले डलफिन इंग्लिस स्कुललाई १–० ले पाखा लगायो । गोदावरीका प्रतिक राईले गोल गर्दै जित दिलाए । उनी प्लेयर अफ दि म्याच पनि चुनिए ।
यस्तै बुधबारै भएको अर्काे खेलमा आयोजक सेन्ट जेभियर्स स्कुल नेपाल डन बस्को स्कुल, लुभुसँग १–१ गोलको बराबरीमा रोकिएको छ । जेभियरका प्लेयर अफ दि म्याच श्रीयांस गुरुङ र डन बस्कोका सुमन घलेले गोल गरे ।
प्रतियोगितामा बिहिबार तीन खेल हुने आयोजकले जनाएको छ । दिनको पहिलो खेलमा ब्राइट फ्युचर स्कुलले पुष्पान्जली स्कुलको सामना गर्नेछ । दोस्रो खेलमा लिटिल एन्जल्स स्कुलले नेपाल डन बस्को तथा तेस्रो खेलमा आयोज सेन्ट जेभियर स्कुलले इडेन गार्डेन स्कुलको सामना गर्नेछ ।
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]