काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारदेखि सातौं चरणका खेलहरु सुरु हुँदैछन् । सातौं चरणअन्तर्गत सोमबार शीर्ष स्थानको मनाङ मर्स्याङदी क्लबले जितविहिन मछिन्द्र क्लबको सामना गर्नेछ ।
शनिबार पहिलो खेलमा समान १० अंक जोडेका हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् । हल्चोकस्थित एपीएफ रंगशालामा नै हुने दोस्रो खेलमा उत्कृष्ट नतिजा ल्याउँदै आएको संकटाले न्यू रोड टिम (एनआरटी) संग खेल्नेछ ।आइतबार लिगमा तीन खेल हुनेछ । पहिलो खेलमा नेपाल एपीएफ क्लब र सरस्वती युवा क्लब भिड्ने छन् भने एन्फा कम्प्लेक्समै हुने दोस्रो खेलमा रुस्लान थ्री स्टार क्लबले ललितपुरकै जावलाखेल युवा क्लबसँग खेल्नेछ ।
सोहि दिन हल्चोकमा हुने एकमात्र खेलमा ललितपुरे टोली भ्याली च्यासल युवा क्लब र एनआईबीएल फ्रेन्ड्स क्लब खेल्नेछन् । सोमबार सातौं चरणको अन्तिम दुई खेल हुनेछ । त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइजक्लबसँग खेल्नेछ । अर्को खेलमा शीर्ष स्थानमा रहेको मनाङले मछिन्द्रको चुनौती स्वीकार्नेछ ।
लिगको छैटौं चरण सकिँदा मनाङ मर्स्याङदी क्लबले ६ खेलमा शत प्रतिशत जितको नतिजासहित शीर्ष स्थानमा छ । रुस्लान थ्री स्टार क्लब र सीएमजी क्लब संकटा ६ खेलमा ५ जितसहित १५ अंक बोक्दै क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । चौथो स्थानमा अपराजित नतिजा हासिल गर्दै ६ खेलमा ४ जित र २ बराबरी हासिल गरेको आर्मी १४ अंकमा छ ।
नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब ६ खेलमा समान ३ जित, १ बराबरी र २ हारसहित १० अंक जोड्दै क्रमश: पाँचौ र छैटौं स्थानमा छन् । सातौं र आठौं स्थानका च्यासल र एपीएफले २ जित र १ बराबरीसँगै ७ अंक जोडेका छन् । नवौं स्थानमा २ जितसहित ६ अंक जोडेको सरस्वती रहेको छ ।
लिगमा १ जित र २ बराबरी खेलेको फ्रेन्ड्स ५ अंक जोड्दै दशौं स्थानमा छ भने जावलाखेल ४ अंक जोडेपनि गोलअन्तरको आधारमा ११ औं स्थानमा छ । समान ४ अंक जोडेको ब्रिगेड ब्वाइज १२ औं स्थानमा छ । जितविहीन मछिन्द्र र एनआरटी क्रमश: ३ र १ अंकसहित पुछारको दुई स्थानमा रहेका छन् ।
खेल तालिका :
मंसिर २२ : हिमालयन शेर्पा विरुद्ध पुलिस – ११:०० – हल्चोक
मंसिर २२ : संकटा विरुद्ध एनआरटी – २:३० – हल्चोक
मंसिर २३ : एपीएफ विरुद्ध सरस्वती – ११:०० – एन्फा कम्प्लेक्स
मंसिर २३ : रुस्लान थ्री स्टार विरुद्ध जावलाखेल– २:३० – एन्फा कम्प्लेक्स
मंसिर २३ : च्यासल विरुद्ध फ्रेन्ड्स – २:३० – हल्चोक
मंसिर २४ : आर्मी विरुद्ध ब्रिगेड ब्वाइज– ११:०० – एन्फा कम्प्लेक्स
मंसिर २४ : मनाङ विरुद्ध मछिन्द्र – २:३० – एन्फा कम्प्लेक्स
अंक तालिका :