default_image

6 years ago

December 8, 2018

संकटाको नजर जितविहिन एनआरटीमा, पुलिस-शेर्पा खेल्दै

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार दुई खेल हुँदैछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् । दोस्रो खेलमा सीएमजी क्लब संकटाले न्यू रोड टिम (एनआरटी) सँग खेल्नेछ ।

हिमालयन शेर्पा र पुलिस दुवै टोलीको समान १०-१० अंक रहेको छ । लिग उपाधि जित्ने लक्ष्य राखेको पुलिसका लागि यो खेल निकै महत्त्वपूर्ण रहेको छ । शेर्पाविरुद्ध पराजित भए पुलिसको उपाधि जित्ने सम्भावना गणितीय रुपमा मात्र सिमित रहनेछ । पुलिसमा चोटको समस्याले सोचेअनुरुप नतिजा आउन सकेको छैन । पछिल्लो खेलमा संकटासँग पराजित भएपछि प्रशिक्षक अनन्त थापाले आक्रमणमा खेलाडी घाइते हुनु नै दुर्भाग्य रहेको बताएका थिए । सुमन लामा, रेजिन सुब्बा र हेम तामाङ चोटका कारण खेल्न सकेका छैनन् ।

यता शेर्पाले शीर्ष ४ को लक्ष्य लिएर लिगमा आएको थियो । लिगमा उत्कृष्ट सुरुवात गरेको शेर्पा पछिल्लो दुई खेलमा भने पराजित भएको छ । च्यासलविरुद्ध अग्रता लिएर पनि शेर्पाले जित दर्ता गर्न नसक्दा यो खेल जित्नपर्ने अवस्था आएको छ । कर्ण लिम्बूले पछिल्लो दुई खेलमा गोल गर्न सकेका छैनन् ।

दोस्रो खेलमा सीएमजी क्लब संकटासँग शीर्ष स्थानमा उक्लने मौका हुनेछ । पुछारको एनआरटीले लिगमा अहिलेसम्म जित दर्ता गरेको छैन । डिफेन्समा कमजोर प्रदर्शन हुँदा एनआरटी पराजित हुँदै आएको छ । पछिल्लो खेलमा पनि एनआरटीले बलियो स्थितिमा रहँदा समेत खेल गुमाएको थियो ।

संकटा भने लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । पुलिसलाई पराजित गरेसँगै टोलीको मनोबल उच्च भएको छ । यस खेलका लागि एनआरटीका पूर्व खेलाडी लक्ष्मण रुचाल टोलीमा रहने छैनन् । संकटाका लागि रुचालले निकै राम्रो प्रदर्शन गर्दै आइरहेका छन् । एनआरटीलाई पराजित गरेमा संकटा मनाङसँग अंक बराबरी गर्नेछ ।

आजको खेलहरु :

मंसिर २२ : हिमालयन शेर्पा विरुद्ध पुलिस – ११:०० – हल्चोक

मंसिर २२ : संकटा विरुद्ध एनआरटी – २:३० – हल्चोक

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.