default_image

6 years ago

December 9, 2018

त्रिवेणी कप पुस दोस्रो सातादेखि

127 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – जिल्लाकै सर्वाधिक धनराशीको त्रिवेणी कपको २७औं संस्करण पुस दोस्रो साताबाट आयोजना हुने भएको छ ।

आयोजक त्रिवेणी युवा क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै २७औं संस्करणका त्रिवेणी कप पुस १२ गतेबाट सदरमुकाम बेसीसहरस्थित सहजी खेल मैदानमा हुने जानकारी गराएको हो ।

जिल्लाको कुना काप्चामा सिमित प्रतिभालाई पहिचान गरी राष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यले प्रतियोगिता निरन्तर आयोजना गरिरहेको आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष सिजन श्रेष्ठले जानकारी गराए ।

त्रिवेणी कपमा लमजुङ, मनाङ, गोरखा, तनहुँ, चितवन, कास्की, काठमाडौंलगायतका जिल्लाका टिमहरु गरी गरी २५ टिमको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।

२०४९ सालमा क्लब गठन भएसँगै क्लबले खेतबाट १ खसी र ३ हजार पुरस्कार राशिबाट सुरु भएको प्रतियोगिता अहिले जिल्लाकै सबैभन्दा ठुलो प्रतियोगिता बनेको हो ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैया पाउनेछन् । दोस्रो हुनेले १ लाख ५० हजार तथा सेमिफाइनलमा पराजित हुने दुई टिमले समान ५० हजार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई नगद १५–१५ हजार पाउने छ । यस्तै सेमिफाइनल र फाइनल खेलको म्यान अफ दि म्याचले ७ हजार ५ सय प्राप्त गर्ने क्लबले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिव १९ लाख ७५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

Success

Thank you for your time.