default_image

5 years ago

December 12, 2018

सलाहको निर्णायक गोलमा लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा

एनफिल्ड (एजेन्सी) – मोहम्मल सलाहको निर्णायक गोलमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब एसएससी नेपोलीलाई पराजित गर्दै युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । नकआउट चरणमा पुग्न जित्नै पर्ने खेलमा लिभरपुलले नेपोलीलाई १–० ले पराजित गरेको हो । लिभरपुल समुह ‘सी’ को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । यो समूहबाट […]

25 views

0 Bookmark

एनफिल्ड (एजेन्सी) – मोहम्मल सलाहको निर्णायक गोलमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब एसएससी नेपोलीलाई पराजित गर्दै युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।


नकआउट चरणमा पुग्न जित्नै पर्ने खेलमा लिभरपुलले नेपोलीलाई १–० ले पराजित गरेको हो । लिभरपुल समुह ‘सी’ को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । यो समूहबाट फ्रेन्च लिग वान कलब पेरिस सेन्ट जर्मेन (पीएसजी) समूह विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।

एनफिल्डमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले ३४औं मिनेटमा मोहम्मद सलाहको गोलमा अग्रता बनाएको थियो । उनले जेम्स मिल्नरको पासलाई गोलमा परिणत गरेका थिए ।

३६औं मिनेटमा लिभरपुलका गोलरक्षक एलिसन बेकरले मारियो रुइजको प्रहारलाई क्लियर गर्दै सम्भावित बराबरी टारेका थिए । त्यसअघि २३औं मिनेटमा एलेसन्दर अर्नाेल्डले गोल गर्ने सुन्दर मौका खेर फालेका थिए ।

दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्ने मौका खेर फाले । ५२औं मिनेटमा रोबर्टाे फिर्मिनोको पासमा सलाह चुकेका थिए । ६९औं मिनेटमा एलेसन्दर अर्नोल्डको प्रहार डिफ्लेक्ट हुदै गएको बललाई नेपोलीका गोलरक्षक ओस्पिनाले बचाएका थिए ।

७६औं मिनेटमा लिभरपुलले अग्रता दोब्बर पार्ने मौका खेर फाल्यो । सलाहको प्रहार ओस्पिनाले सुन्दर बचाउ गरेका थिए । इन्ज्युरी समयमा वैकल्पिक खेलाडी मिलिकले ८ यार्डबाट गरेको शक्तिशाली प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले सुन्दर बचाउ गरेका थिए । त्यसपछि थप गोल हुन नसक्दा लिभर १–० ले विजयी हुन सफल भयो ।

जितपछि लिभरपुलको ६ खेलबाट ९ अंक छ । नेपोलीको पनि समान ९ अंक भएपनि लिभरपुलले नेपोलीलाई हेड टु हेडमा पछि पारेको हो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.