default_image

5 years ago

December 12, 2018

पीएसजी समूह विजेता बन्दै नकआउट चरणमा

बियोग्राड (एजेन्सी) – अग्रपङ्तीका तीनै फरवार्ड नेयमार, केलियन एमबाप्पे र एडिन्सन काभनीले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेडस्टारमाथि फराकिलो जित निकालेको छ । पीएसजीको सर्वियन क्लब रेड स्टारलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । पीएसजीका मार्किनेसले गोल गर्दा रेड स्टारका मार्काे गावेजिकले एक गोल फर्काए । रेड स्टारको मैदानमा […]

43 views

0 Bookmark

बियोग्राड (एजेन्सी) – अग्रपङ्तीका तीनै फरवार्ड नेयमार, केलियन एमबाप्पे र एडिन्सन काभनीले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेडस्टारमाथि फराकिलो जित निकालेको छ ।


पीएसजीको सर्वियन क्लब रेड स्टारलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । पीएसजीका मार्किनेसले गोल गर्दा रेड स्टारका मार्काे गावेजिकले एक गोल फर्काए ।

रेड स्टारको मैदानमा मंगलबार राति भएको खेलमा पीएसजीले १०औं मिनेटमा एडिन्सन काभनीको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले केलियन एमबाप्पेको पासलाई सदुपयोग गरे । ४०औं मिनेटमा नेयमारले गोल गरेपछि पीएसजीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा पीएसजीले थप दुई गोल गर्दा एक गोल खाएको थियो । ५६औं मिनेटमा मार्काे गोवेजिकले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए । तर, त्यसपछि पीएसजी खेलमा फर्किदै थप दुई गोल गर्न सफल भयो ।

७४औं मिनेटमा एन्जल डि मारियाको पासलाई मार्किनोसले गोल गर्दै खेललाई ३–१ को अवस्थामा पुर्याए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ४–१ को जित दिलाए ।

यो जितपछि पीएसजी समूह ‘सी’ को विजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो । पीएसजीले समूहको ६ खेलमा ३ जित, २ बराबरीसँगै १ हार बेहोर्दै ११ अंक जोड्यो । रेड स्टार भने यसअघि नै समूह चरणबाटै बाहिरिसकेको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.