default_image

5 years ago

December 12, 2018

च्याम्पियन्स लिगः रियलले मस्कोसँग खेल्दै

मड्रिड (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन स्पेनिस जाइन्ट रियल मड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति रसियन क्लब सिएसकेए मस्कोसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति ११ः४० बजे रियलको घरेलु मैदानमा हुनेछ । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा स्थान बनाइसकेको रियल मस्कोलाई पराजित गर्दै समूहमा सुखद अन्त्य गर्न चाहन्छ । मस्को भने प्रतियोगिताबाट बाहिरिसकेको छ । समूहको […]

18 views

0 Bookmark

मड्रिड (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन स्पेनिस जाइन्ट रियल मड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति रसियन क्लब सिएसकेए मस्कोसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति ११ः४० बजे रियलको घरेलु मैदानमा हुनेछ ।

च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा स्थान बनाइसकेको रियल मस्कोलाई पराजित गर्दै समूहमा सुखद अन्त्य गर्न चाहन्छ । मस्को भने प्रतियोगिताबाट बाहिरिसकेको छ । समूहको पहिलो खेलमा रियल मस्कोसँग १–० ले स्तब्ध भएको थियो । स्पेनिस ला लिगमा खराव प्रदर्शन गरेपनि सम्हालिएको प्रर्दशन गर्दै आएको रियलले च्याम्पियन्स लिगमा भने उच्च प्रदर्शन गर्दै आएको छ ।

तर, समुहको दोस्रो खेलमा रियल मस्कोसँग स्तब्ध बनेको थियो । जुन समूह चरणमा रियलको ३८ खेलमध्ये पाँचौ हार थियो । त्यसपछिको बाँकी तीन खेलमा भने रियलले सहज जित निकालेको थियो । रियल सोही हारलाई बदला लिने लक्ष्यसहित मैदान उत्रनेछ । घरेलु टोली रियल मस्कोविरुद्ध मैदान उत्रदा चोटको पनि पिरलो हुनेछ । मिडफिल्डर टोनी क्रुस, क्यासमिरो र नाचो फर्नान्डेजले मस्को विरुद्धको खेल गुमाउनेछ । तर, रियलसँग ग्यारेथ बेल, करिम बेन्जेमा, भेनेसियस जुनियर, लुका मोड्रिच र मार्काे एसेन्सिायो जस्ता खेलाडीहरु हुनेछन् ।

यता, समूह चरणबाट बाहिरिसकेको सिएसकेए मस्को रियललाई उसकै मैदानमा पराजित गर्दै सान्त्वना जित निकाल्न चहान्छ ।
यही समूह ‘जी’ को अर्काे खेलमा एएस रोमाले रुसी क्लब भिक्टोरिया प्लेजेनसँग खेल्दैछ । रोमा दोस्रो चरणमा प्रवेश गरिसकेको छ । भने भिक्टोरिया प्लेजेन समूह चरणबाटै बाहिरिसकेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.