default_image

5 years ago

December 12, 2018

युभेन्टसले कमजोर योङ ब्वाइजसँग खेल्दै

वर्न (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा स्थान बनाइसकेको इटालियन क्लब युभेन्टसले आज राति स्वीस क्लब योङ ब्वाइजको मैदानमा खेल्दैछ । खेल योङ ब्वाइजको मैदान स्टेट डि स्वीसे वाङड्रफ वर्नमा नेपाली समयानुसर खेल आज राति १ः४५ बजे हुनेछ । क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्टस योङ ब्वाइजलाई उसकै मैदानमा पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा […]

30 views

0 Bookmark

वर्न (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा स्थान बनाइसकेको इटालियन क्लब युभेन्टसले आज राति स्वीस क्लब योङ ब्वाइजको मैदानमा खेल्दैछ । खेल योङ ब्वाइजको मैदान स्टेट डि स्वीसे वाङड्रफ वर्नमा नेपाली समयानुसर खेल आज राति १ः४५ बजे हुनेछ ।

क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्टस योङ ब्वाइजलाई उसकै मैदानमा पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । युभेन्टसको ५ खेलबाट १२ अंक रहेको छ । दोस्रो स्थानको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको समान खेलबाट १० अंक रहेको छ ।

युभेन्टसले जित निकालेको खन्डमा समूह विजेता बन्नेछ । युभेन्टस बराबरी वा पराजित भएको अवस्थामा अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले भ्यालेन्सियालाई पराजित गरे युभेन्टस उपविजेताको रुपमा अघि बढ्नेछ ।

युभेन्टससँग सुपरस्टार क्रिस्टियानो रोनाल्डो, मारियो म्यान्जुकिक, पाउलो डि ब्यालाजस्ता खेलाडीको साथ रहेको छ । उनीहरुले जुनसुकै बेला पनि खेल आफ्नो पक्षमा पार्न सक्दछ । यता, योङ ब्वाइज घरेले मैदानमा हुने खेलमा युभेन्टसलाई पराजित गर्दै लिगमा सान्त्वना जित निकाल्ने लक्ष्यमा हुनेछ ।

यही समूहको अर्काे खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः४५ बजेपछि हुनेछ । खेल भ्यालेन्सियाको मैदानमा हुनेछ ।

भ्यालेन्सियाविरुद्ध जित निकालेको अवस्थामा समूह ‘जी’ को अर्काे खेलमा युभेन्टस योङ ब्वाइजसँग पराजित भएको अवस्थामा युनाइटेड समूह विजेताको रुपमा अघि बढ्नेछ । युनाइटेडको ५ खेलबाट १० अंक रहँदा शीर्षस्थानमा रहेको युभेन्टसको १२ अंक छ । भ्यालेन्सिया र योङ ब्वाइज भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

म्यानचेस्टर युनाइटेड र भ्यालेन्सियाले १–१ गोलको बराबरी खेलेको थियो । यस्तोमा म्यानचेस्टर युनाइटेड भ्यालेन्सियालाई पराजित गर्ने लक्ष्यमा मैदान उत्रनेछ । अघिल्ला २ खेलमा शुरुवाती स्थान नपाएका पल पोग्वा टिममा फर्किएका छन् ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.