default_image

5 years ago

December 13, 2018

रोनाल्डो सम्मिलित युभेन्टस कमजोर योङ ब्वाइजसँग पराजित

वर्न (एजेन्सी) – सुपरस्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित इटालियन क्लब युभेन्टस तुलनात्मक रुपमा कमजोर मानिएको स्वीस क्लब योङ ब्वाइजसँग पराजित भएको छ । योङ ब्वाइजले युभेन्टसलाई २–१ ले पराजित गरेको हो । योङ ब्वाइजको घरेलु मैदामा बुधबार राति भएको खेलमा युभेन्टसलाई पराजित गर्द गुइलाउमीले २ गोल गरे । युभेन्टसका पाउलो डिब्यालाले एक गोल फर्काए । घरेलु […]

23 views

0 Bookmark

वर्न (एजेन्सी) – सुपरस्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित इटालियन क्लब युभेन्टस तुलनात्मक रुपमा कमजोर मानिएको स्वीस क्लब योङ ब्वाइजसँग पराजित भएको छ । योङ ब्वाइजले युभेन्टसलाई २–१ ले पराजित गरेको हो ।


योङ ब्वाइजको घरेलु मैदामा बुधबार राति भएको खेलमा युभेन्टसलाई पराजित गर्द गुइलाउमीले २ गोल गरे । युभेन्टसका पाउलो डिब्यालाले एक गोल फर्काए । घरेलु टोलीले खेलको ३०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेलमा सुरुवाती अग्रता बनाएको थियो ।

युभेन्टसका एलेक्स सान्द्रोले योङ ब्वाइजका नागामालेउलाई डि–बक्समा फउल गरेपछि रेफ्रीले योङ ब्वाइजलाई पेनाल्टीको मौका दिएको थियो । जसमा गुइलाउमीले सहजै गोल गरे ।

पहिलो हाफमा १–० को अग्रता बनाएको योङ ब्वाइजले ६८औं मिनेटमा अग्रता दोब्बर पार्यो । यसपटक नागामलेउको पासमा गुइलाउमीले गोल गरे ।

८०औं मिनेटमा पाउलो डिब्यालाले रोनाल्डोको पासलाई सदुपयोग गर्दै एक गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा योङ ब्वाइज २–१ ले विजयी हुन सफल भयो ।

योङ ब्वाइजसँगको हारपछि पनि युभेन्टस समूह ‘एच’ बाट समूह विजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भएको छ । योङ ब्वाइज ४ अंक जोडेर पुछारमा रह्यो ।

यही समूहको अर्काे खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब भ्यालेन्सियासँग २–१ ले पराजित भयो । पराजित भएपनि म्यानचेस्टर युनाइटेड समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको छ ।

भ्यालेन्सियाको जितमा कार्लाेस सोलरले गोल गरे । एक गोल उपहार पाएको थियो । युनाइटेडका मार्कुस रासफोर्डले एक गोल फर्काए ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.