default_image

5 years ago

December 13, 2018

सानेको दुई गोलमा सिटी विजयी

इतिहाद (एजेन्सी) – लिरोए सानेको दुई गोल मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब टीएसजी होफेनहाइनलाई २–१ ले पराजित गरेको छ । सिटीले एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकालेको हो । घरेलु मैदान इतिहाद स्टेडियममा सिटी खेलको १६औं मिनेटमा पछि परेको थियो । सिटीका लापोर्टेले विपक्षी खेलाडीलाई […]

24 views

0 Bookmark

इतिहाद (एजेन्सी) – लिरोए सानेको दुई गोल मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब टीएसजी होफेनहाइनलाई २–१ ले पराजित गरेको छ ।


सिटीले एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकालेको हो । घरेलु मैदान इतिहाद स्टेडियममा सिटी खेलको १६औं मिनेटमा पछि परेको थियो । सिटीका लापोर्टेले विपक्षी खेलाडीलाई बक्समा फउल गरेपछि पाहुना टोलीले पेनाल्टीमा गोल गर्दै खेलमा १–० को अग्रता बनाएको थियो । एन्ड्रिज क्रामारिकले गोल गरे ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लिरोए सानेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सानेले फ्रिकिकमार्फत सुन्दर गोल गरेका थिए । ६१औं मिनेटमा सानेले रहिम स्ट्रलिङको पासलाई गाृलमा परिणत गर्दै खेलमा सिटीलाई २–१ को अग्रता दिलाए । त्यसपछि पनि सिटीले टीएसजीको पोस्टमा पटक–पटक आक्रमण बुनेपनि टीएसजीका गोलरक्षक बाधक बन्दा थप गोल हुन सकेन ।

यसअघि नै नकआउट चरणमा पुगिसकेको सिटीले समूह ‘एफ’ मा १३ अंक जोड्दै शीर्ष स्थानमा रह्यो् । टीएसजी ३ अंक जोडेर पुछारमा रह्यो ।
यही समूहको अर्काे खेलमा लियोन र साख्तर डोनेक्सले १–१ गोलको बराबरी खेले । बराबरी पछि लियो समूह उपविजेताको रुपमा अघि बढ्यो । साख्तर ६ अंकसहित तेस्रो स्थानमा रह्यो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.